भक्तपुर ९ पुस । प्रतिनिधिसभा सदस्य महेश बस्नेतले भक्तपुर नगरपालिकाले पर्यटकबाट लिने शुल्क भक्तपुरका सबै नगरपालिकाको विकासका लागि बाड्नु पर्छ । अहिलेसम्म भक्तपुर नगरपालिकाले मात्रै एक लौटीरुपमा खर्च गर्दै आएको छ । यदी भक्तपुर नगरपालिकाले जिल्लाका सबै नगरपालिकाको विकासका लागि भागबण्डा नगर्ने हो भने तपार्एहरु जडिीबुटी गएर ढाला हाल्नुहोस म तपाईहरुको साथमा हुनेछु भन्नु भयो ।
सूर्यविनायक नगरपालिकाले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा नेता बस्नेतले मैले तपाईहरुलाई मात्रै होइन मध्यपुर नगरपालिकालाई पनि भक्तपुरमा आएका पर्यटकबाट उठाईएको प्रवेश शुल्कको रकम सिगो भक्तपुरको विकासका लागि खर्च गर्नु पर्छ ।
सिगो जिल्लाको पुननिर्माणको दायित्व आफूहरुको काँधमा आएको वताउँदै नेता बस्नेतले भन्नु भयो – जनताको मनोविज्ञान तीव्र विकास होस् भन्ने छ, त्यसैले हामीले उनीहरुको स्पीडका साथ विकास निर्माणको कामलाई अघि बढाउनु पर्छ । विकास निर्माणका काम गर्दा मितव्ययिता अपनाउनु पर्छ भन्दै बस्नेतले विकास निर्माणका काममा जनसहभागिता जुटाएर काम गर्नु पर्नेमा जोड दिनु भयो ।
विकास निर्माणका काम गर्दा स्थानीय साधन स्रोतको उपयोग गर्नु पर्नेमा जोड दिदै उहाँले थप्नु भयो सिपाडोल देखी चित्तापोल सम्मको भगोललाई पूर्बीनाकाको आर्थिक शहरको रुपमा बिकास गर्नु पर्छ । कार्यक्रममा प्रदेशसभा सदस्य शशीजङ थापाले अब आफूहरुको ध्याँन विकास निर्माणमा केन्द्रित हुने बताृउँनु भयो । मेयर बासुदब थापाको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा उपमेयर जुना बस्नेतले धन्यवाद र प्रशासकीय अधिकृत चिरिञ्जिबी तिमिल्सिनाल स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो भने वडा अध्यक्ष रविन्द्र सापकोटाले संचालन गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्