Banner News

गतिरोध चिर्न प्रमुख दल उदासीन



काठमाण्डौ ११ पुष । सत्तारूढसहितका प्रमुख राजनीतिक दल राष्ट्रिय सभा निर्वाचन अध्यादेश एवं सरकार गठनलगायतका विषयमा देखिएको गतिरोध अन्त्य गर्न उदासीन बनेका छन् ।

सरकार गठन, राष्ट्रिय सभा गठन निर्वाचनसम्बन्धी अध्यादेश, प्रदेश प्रमुख नियुक्ति, अस्थायी प्रदेश राजधानीलगायतका विषयमा उत्पन्न विवाद अन्त्य गर्न एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्र उदासीन देखिएका हुन् ।

गत १० र २१ मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रतिनिधिसभा समानुपातिकतर्फ बाहेक सबै निर्वाचन परिणाम आइसके पनि राष्ट्रिय सभा गठनसम्बन्धी कानुन अझै बनेको छैन । कानुन अभावमा सभा गठन, सरकार गठनलगायतका काम प्रभावित बन्दै गएको छ । सरकारले राष्ट्रपतिसमक्ष अध्यादेश जारी गर्न पठाए पनि दलहरूबीच विवादका कारण रोकिएर बसेको छ ।
प्रदेशसभातर्फ प्रत्यक्षको मतपरिणाम सबै आइसकेको छ भने समानुपातिकतर्फको प्रतिनिधि पठाउन निर्वाचन आयोगले एक साताको समय दिएर दलहरूलाई पत्राचारसमेत गरिसकेको छ । तर, सरकारले प्रदेश अस्थायी राजधानी नतोक्दा बैठकस्थलको टुंगो छैन । त्यसैगरी, प्रदेश प्रमुख नियुक्ति नहुँदा प्रदेश सरकारको शपथग्रहणसमेत प्रभावित हुन सक्ने देखिएको छ ।

नेपाली कांग्रेसले राष्ट्रिय सभाको गठनपछि मात्र नयाँ सरकार बन्ने बताउँदै आएको छ भने वाम गठबन्धन दलले सरकार गठन गर्न राष्ट्रिय सभाकोगठन आवश्यक नपर्ने बताउँदै आएका छन् । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस अध्यादेश जारी गर्ने, प्रदेश प्रमुख तोक्ने, अस्थायी राजधानी तोक्ने काम यही सरकारको रहेको भन्दै सोही कारण देखाउँदै विपक्षीलाई अल्मलाइरहने दाउमा देखिएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमाले भने कांग्रेसलाई पेलेर जाने रणनीतिमा उत्रिएको छ । आ–आफ्ना अडानबाट कांग्रेस एमाले टसमस नहुँदा राजनीतिक गतिरोध भने झनै लम्बिँदै गएको छ ।

नेकपा माओवादी केन्द्र भने दुई दलको लडाइँको बीचमा दोधारमा परेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यसअघि राष्ट्रिय सभा गठनमा कांग्रेसलाई पाखा लगाउन नहुने बताएका थिए । दाहालले सोमबार चितवनमा आयोजित एक कार्यक्रममा राष्ट्रिय सभा बहुमतीय आधारमा गर्ने सहमति भएर संसद्को समितिबाट विधेयक पारित भइसकेको अवस्थामा एकल संक्रमणीय आधारमा गठन गर्ने भनेर कांग्रेसले अड्को थापेको बताए ।

एमाले र कांग्रेस आफ्ना अडानबाट पछि नहटेको अवस्थामा अध्यक्ष दाहालको पहलकदमीमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनअघि सर्वदलीय बैठक आह्वान गरेका थिए । उक्त बैठकमा दलहरू अडानबाट पछि नहटेपछि बैठक बिनानिष्कर्ष टुंगिएको थियो । त्यसयता, प्रमुख दलहरूले आपसी छलफलबाट गतिरोध अन्त्य गर्न तत्परतासमेत देखाएका छैनन् ।

सत्तारूढसहितका प्रमुख राजनीतिक दल राष्ट्रिय सभा निर्वाचन अध्यादेश एवं सरकार गठनलगायतका विषयमा देखिएको गतिरोध अन्त्य गर्न उदासीन बनेका छन् ।

सरकार गठन, राष्ट्रिय सभा गठन निर्वाचनसम्बन्धी अध्यादेश, प्रदेश प्रमुख नियुक्ति, अस्थायी प्रदेश राजधानीलगायतका विषयमा उत्पन्न विवाद अन्त्य गर्न एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्र उदासीन देखिएका हुन् ।

गत १० र २१ मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रतिनिधिसभा समानुपातिकतर्फ बाहेक सबै निर्वाचन परिणाम आइसके पनि राष्ट्रिय सभा गठनसम्बन्धी कानुन अझै बनेको छैन । कानुन अभावमा सभा गठन, सरकार गठनलगायतका काम प्रभावित बन्दै गएको छ । सरकारले राष्ट्रपतिसमक्ष अध्यादेश जारी गर्न पठाए पनि दलहरूबीच विवादका कारण रोकिएर बसेको छ ।

प्रदेशसभातर्फ प्रत्यक्षको मतपरिणाम सबै आइसकेको छ भने समानुपातिकतर्फको प्रतिनिधि पठाउन निर्वाचन आयोगले एक साताको समय दिएर दलहरूलाई पत्राचारसमेत गरिसकेको छ । तर, सरकारले प्रदेश अस्थायी राजधानी नतोक्दा बैठकस्थलको टुंगो छैन । त्यसैगरी, प्रदेश प्रमुख नियुक्ति नहुँदा प्रदेश सरकारको शपथग्रहणसमेत प्रभावित हुन सक्ने देखिएको छ ।

नेपाली कांग्रेसले राष्ट्रिय सभाको गठनपछि मात्र नयाँ सरकार बन्ने बताउँदै आएको छ भने वाम गठबन्धन दलले सरकार गठन गर्न राष्ट्रिय सभाकोगठन आवश्यक नपर्ने बताउँदै आएका छन् । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस अध्यादेश जारी गर्ने, प्रदेश प्रमुख तोक्ने, अस्थायी राजधानी तोक्ने काम यही सरकारको रहेको भन्दै सोही कारण देखाउँदै विपक्षीलाई अल्मलाइरहने दाउमा देखिएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमाले भने कांग्रेसलाई पेलेर जाने रणनीतिमा उत्रिएको छ । आ–आफ्ना अडानबाट कांग्रेस एमाले टसमस नहुँदा राजनीतिक गतिरोध भने झनै लम्बिँदै गएको छ ।

 

नेकपा माओवादी केन्द्र भने दुई दलको लडाइँको बीचमा दोधारमा परेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यसअघि राष्ट्रिय सभा गठनमा कांग्रेसलाई पाखा लगाउन नहुने बताएका थिए । दाहालले सोमबार चितवनमा आयोजित एक कार्यक्रममा राष्ट्रिय सभा बहुमतीय आधारमा गर्ने सहमति भएर संसद्को समितिबाट विधेयक पारित भइसकेको अवस्थामा एकल संक्रमणीय आधारमा गठन गर्ने भनेर कांग्रेसले अड्को थापेको बताए ।

एमाले र कांग्रेस आफ्ना अडानबाट पछि नहटेको अवस्थामा अध्यक्ष दाहालको पहलकदमीमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनअघि सर्वदलीय बैठक आह्वान गरेका थिए । उक्त बैठकमा दलहरू अडानबाट पछि नहटेपछि बैठक बिनानिष्कर्ष टुंगिएको थियो । त्यसयता, प्रमुख दलहरूले आपसी छलफलबाट गतिरोध अन्त्य गर्न तत्परतासमेत देखाएका छैनन् ।राजधानीमा समाचार छ ।