Banner News

ओलीलाई सुरक्षा ‘थ्रेट’ डिएसपीको नेतृत्वमा सुरक्षा डफ्फा दोब्बर



काठमाडौ १४ पुस। प्रधानमन्त्री हुने पक्का भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सुरक्षामा सर्तकता अपनाइएको छ । पूर्व प्रधानमन्त्रीका हैसियतमा रहेका सुरक्षा व्यवस्थालाई दोब्बर पारिएको छ । प्रहरी प्रधान कार्यालयले ओलीको सुरक्षाका लागि डिएस्पी सहितको सुरक्षा टोली खटाएको हो ।

स्रोतका अनुसार डिएसपी सानुराम भट्टराईलाई ओलीको सुरक्षार्थ थप गरिएको छ । यसअघि ओलीको सुरक्षामा नेपाल प्रहरीबाट इन्सपेक्टर तथा सशस्त्र प्रहरीबाट सईको कमाण्डमा प्रहरी खटिदै आएका थिए। प्रधानमन्त्रीले पनि डिएस्पी सहितको सुरक्षा पाउने गर्दछन् । ओलीलाई पनि प्रधानमन्त्रीले पाउने पछुवा गाडि बाहेक सुरक्षा प्रदान गरिएको प्रहरीले बताएको छ ।

गृह मन्त्रालयले भने ओलीलाई सुरक्षा व्यवस्था बढाएकोमा अनविज्ञता प्रकट गरेको छ । प्रवक्ता नारायण प्रसाद शर्माले सुरक्षा बढाएका विषयमा आफुलाई जानकारी नभएको बताए । तर प्रहरी हेडक्वाटरले भने विशेष परिस्थितिमा निर्णय गरेको बताए । ‘भावी प्रधानमन्त्रीमात्रै होइन ओलीलाई सुरक्षा थ्रेट रहेको निस्कर्षमा आधारमा सुरक्षा बढाइएको हो ’ प्रहरी प्रधानकार्यालयका एक उच्च अधिकारीले भने ‘विशेष अवस्थामा यसअघि पनि यस्ता निर्णय भएका छन् त्यसमा सरकार भन्दा प्रहरी हेडक्वाटर आफैले पनि निर्णय गर्नसक्छ । ’

देशको सबैभन्दा ठुलो पार्टीको अध्यक्ष र र भावी प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीको सुरक्षा थ्रेटकै बिश्लेषण गरी सुरक्षादस्ता बढाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपालपाटी