काठमाडौ १४ पुस । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले लोकतन्त्रको मुल्य मान्यता विपरित कपटपूर्ण ढंगले राष्ट्रपतिलाई अध्यादेश जारी गर्न वाध्य पारेको बताउनु भएको छ ।
शहिदहरु हरि नेपाल र चन्द्र पुरीको ३८ औं स्मृति दिवसका अवसरमा एमाले मुख्यालयमा शुक्रबार आयोजित कार्यक्रममा उहाँले कांग्रेसले राष्ट्रपतिको अपमान गरेको र लोकतन्त्रको धज्जी उडाएको बताउनु भएको हो ।
‘अध्यादेश जारी भएको भन्ने सुनेको छु । राष्ट्रपति बाध्य हुनुभयो । कांग्रेसले सडक आन्दोलन उठाएर राष्ट्रपतिको अपमान गर्यो’ उहाँले भन्नुभयो,‘यो कपटपूर्ण ढगले लगिएको अध्यादेश थियो । यसले लोकतान्त्रिक मुल्य मान्यतामाथि प्रहार गरेको छ । लोकतन्त्रको धज्जी उडाएको छ । यो लोकतान्त्रिक मुल्य मान्यता विपरित छ ।
प्रतिक्रिया दिनुहोस्