काठमाडौ, १७ पुस । निर्वाचन आयोगलाई प्रतिनिधिसभा र प्रदेशसभा समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न मंगलवार औपचारिक रुपमै आग्रह गरको छ । नेकपा एमाले र माओवादी केन्द्रलेका दोस्रो तहका नेताहरुले प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवलाई भेटेर परिणाम छिटो सार्वजनिक गर्न माग गरेका हुन् ।
निर्वाचन आयोगले परिणाम निर्धारित समयमा सार्वजनिक नगरेपछि एमाले नेताका भीम रावल र सुवास नेम्वाङ, माओवादीका कृष्णबहादुर महरा र वर्षमान पुन टोलीले परिणाम तत्कालै घोषण गर्न सुझाव दिएका हुन । गठबन्धनका नेताहरुले र प्रमुख निर्वाचन आयुक्त यादवसहितका पदाधिकारीसँग झन्डै डेढ घन्टा छलफल गरेका थिए।
एमालेका उपाध्यक्ष भीम रावलले परिणाम छिटो सार्वजनिक गर्न आयोगलाई ध्यानाकर्षनिर्वाचन आयोगलाई ण गराएको बताए । ‘हामीले मत परिणाम सार्वजनिक गर्न आग्रह गर्यौं, परिणाम थुपारेर असीमित समय खर्च गर्दा भविष्यमा कुनै पनि निकायलाई राम्रो हुँदैन भन्यौ’ आयोगका पदाधिकारीसँगको भेटपछि रावलले भने, ‘सरकार प्रक्रियामा अवरोध हुने कुरा संविधानले पनि परिकल्पना नगरेको पनि उहाँहरुलाई भन्यौं।’
वाम गठबन्धनका नेताहरूले राष्ट्रिय सभा चुनावका लागि पनि अनावश्यक लामो समय राखेर सत्ता हस्तान्तरण फागुनपछि मात्र गर्ने खेल भइरहेको भन्दै आयोगको ध्यानाकर्षण पनि गराएका थिए। आयोगले मंसिर १० र २१ गते भएको प्रतिनिधि सभा चुनावको अन्तिम परिणाम सार्वजनिक गर्न राष्ट्रिय सभा गठन हुनु पर्ने भन्दै अहिलेसम्म परिणाम सार्वजनिक गरेको छैन।
प्रतिक्रिया दिनुहोस्