Banner News

पुस ८ गते प्रतिनिधिसभा नतिजा राष्ट्रपतिलाई बुझाउने वाचा गरेका अयोधी कसरी फेरिए ?



काठमाडौ, १७ पुस । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा एमाले नेता सुवास नेम्वाङप्रति टिप्पणी गर्दै भने– एमाले नेताहरुले प्रतिनिधिसभाको समानुपातिकतर्फका परिणाम सार्वजनिक गर्न कानुनी प्रक्रिया के छ भनेर नजानेकाले त्यस्तो आरोप लगाएका हुन् ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फको परिणाम आएको एक महिना वितिसक्दा पनि निर्वाचन आयोगले समानुपातिकतर्फको परिणाम सार्वजनिक नगरेपछि वहुमत पाएको वाम गठबन्धनका नेताहरुले आयोगको काम कारवाहीप्रति शंका गर्दै आएका छन् । त्यही प्रसंगमा प्रमुख आयुक्त यादवले एमाले नेताले कानुन नबुझेको भन्दै आरोप लगाएका हुन् । त्यसो त अर्थशास्त्र पढेका प्रमुख निर्वाचन आयुक्त यादवले वरिष्ठ अधिवक्ता रहेका र तीन पटक सभामुख र संविधानसभाको अध्यक्ष भएर अहिलेको संविधान बनाउन नेतृत्वदायि भूमिका खेलेका नेम्वाङलाई संविधान नै नबुझेको भनी गरेको टिप्पणीप्रति आश्चर्य ब्यक्त गरिएको छ ।

के एमाले नेताहरुले कानुन नबुझेका हुन् त रु के संविधान जारी गर्न प्रमुख नेतृत्व लिने संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र पूर्व कानुनमन्त्री अग्नि खरेललगायतका नेताहरु रहेको एमालेले प्रतिनिधिसभा समानुपातिक परिणाम सार्वजनिक गर्न प्रक्रिया नजानेकै हो त रु

एमालेका एक नेता भन्छन्– ‘अयोधीजीले कुरा फेर्नुभयो । उहाँ कता वहकिनु भयो हामीलाई पनि अचम्मै लागेको छ ।’ एमालेका ती नेताले किन प्रमुख आयुक्त यादवका वारेमा त्यस्तो टिप्पणी गरे रु

घटनाक्रम यस्तो छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशमा दलहरुबीच सहमति गर्ने प्रयासस्वरुप पुस ५ गते वाम गठवन्धनका प्रमुख नेताहरुलाई शितलनिवास बोलाउनु भयो । त्यस भेटवार्तामा एमालेबाट अध्यक्ष केपी शर्मा ओली र सुवास नेम्वाङ थिए भने माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ ।

जव वाम गठबन्धनका नेताको राष्ट्रपतिसँग वार्ता सकियो, उनीहरु आन्तरिक बैठक गर्ने भन्दै दाहाल प्रचण्ड निवास पुगे । उनीहरुबीच छलफल भइरहेकै बेला प्रमुख आयुक्त यादवले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फोन गरेर भेट्ने चाहना राखे । प्रमुख आयुक्तको चाहना बमोजिम नै उनलाई दाहाल निवासमा बोलाइयो, जहाँ नेताहरुबीच छलफल भइराखेको थियो ।

प्रमुख आयुक्त यादवले दुबै पार्टीका शीर्ष नेताहरुबीच आफ्नो कुरा राख्न पाउँदा झन् सहज भएको भन्दै कुरा सुरु गरेका थिए । यादवले आफ्नो धारणा राख्नुअघि पहिला दुबै पार्टीका नेताहरुले प्रतिनिधिसभातर्फको परिणाम सार्वजनिक गर्न किन ढिलो गर्नुभएको हो रु कहिलेसम्ममा गर्नुहुन्छ रु परिणाम सार्वजनिक गर्न के ले रोक्यो रु भन्ने प्रश्न राखेका थिए ।

त्यसबेला यादवले तीन दिनभित्र परिणाम सार्वजनिक गर्ने भन्दै वाम नेताहरुलाई विश्वास दिलाएका थिए । उनले त्यसबेला भनेका थिए, ‘म सबैलाई भेट्छु । कानुन पनि हेर्छु । र, २÷३ दिनभित्र राष्ट्रपतिकोमा रिपोर्ट पठाउँछु । अव रोकिंदैन ।’

एमाले र माओवादीका प्रमुख नेताहरुलाई दाहालकै निवासमा गएर ३ दिनभित्र परिणाम सार्वजनिक गर्ने विश्वास दिलाएका प्रमुख आयुक्त यादवले त्यसो भनेको १० दिन बितिसक्दा पनि नतिजा सार्वजनिक भएको छैन ।

यादवले नेताहरुलाई भने बमोजिम लगत्तै निर्वाचन आयोग फर्केर यावदले कर्मचारीलाई त्यसको गृहकार्य गर्न पनि लगाएका थिए । कर्मचारीले त्यसै बमोजिम रिपोर्ट तयार पारेर प्रमुख आयुक्त यादवलाई बुझाए पनि । तर परिणाम भने अहिलेसम्म सार्वजनिक भएको छैन ।

श्रोतका अनुसार, त्यसपछि प्रमुख आयुक्त यादवको भेटवार्ता प्रधानमन्त्री शेरबहादुर देउवादेखि भारतीय राजदूत र खुफिया एजेन्सीका अधिकारीसँग बाक्लियो । हो, त्यहाँबाट आयोगले कानुनी अवरोधका नाममा परिणाम सार्वजनिक गरेको छैन । उल्टै प्रमुख आयुक्त यादव एमाले नेताहरुमाथि कानुन नबुझेको आरोप लगाउँदैछन् ।

‘नेपाल राजनीतिक स्थिरतातर्फ अघि बढ्नेक्रममा रहेका बेला भारतीयहरुको दवावमा निरन्तर अस्थिरता पैदा गर्ने प्रयास भइरहेको छ । चक्रपथबाट