विराटनगर,१९ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा। शेखर कोइरालाले आफू पार्टीको नेतृत्व गर्न चाहेको आशय व्यक्त गरेका छन् । बुधबार विराटनरस्थित कोइराला निवासमा पत्रकारहरुसँग कुरा गर्दै आफु नेतृत्व लिन लायक भइसकेको र पदीय जिम्मेवारी लिएर अब अघि बढ्न तयार रहेको बताएका हु्न् । कौइरालाले प्रधानमन्त्री शेर वहादुर देउवाले राजीनामा दिदा फरक नपर्ने वताएका छन् । देउवाले संविधान त राजीनामा गर्नु पर्ने होइन,तर नेपाल प्रजातान्त्रिक भएकाले राजीनामा दिदा राम्रो ।
कोइरालाले अब हरेक जिल्ला अधिवेशन तथा पार्टीका कार्यकर्ताको मनोभाव बुझ्न देश दौडाहामा निस्कने पनि बताएका छन् । उनले मुलुक संघीयतामा गई सकेको तर नेपाली काँग्रेसको संगठन संघीयतामा नगएकोले त्यसका लागि सम्पुर्ण कार्यभार आफुले सम्हाल्ने खुलाएका छन् ।
कोइरालाले जनताले काँग्रेसलाई प्रतिपक्षमा बस्नका लागि म्यान्डेड दिएकोले सरकार बनाउने वा त्यसमा जाने भन्ने सोच्न नमिल्ने बताउँदै सरकार वाम गठबन्धनले नै बनाउनुपर्ने बताए। उनले भने,‘एउटै घोषणा पत्र लिएर चुनावमा जनतामाझ गएका एमाले र माओवादीले सोही अनुरुप जित हाँसिल गरेका हुन। उनीहरुले नै सरकार गठन गर्नुपर्छ।’काँग्रेसले वाम गठबन्धन तोड्ने वा फुट ल्याउन प्रयास गर्न नहुने पनि कोइरालाको भनाई थियो।
प्रतिक्रिया दिनुहोस्