शैक्षिक

रुपन्देहीको देवदहमा गोली हानी व्यवसायी पौडेलको हत्या



बुटवल, २१ पुस ।रुपन्देहीको देवदह नगरपालिका २ धेकारमा व्यवसायी वसन्त पौडेलको गोली हानी हत्या भएको छ । काठ मिल सञ्चालक पौडेललाई मिल नजिकै अज्ञात व्यक्तिले गोली हानेका हुन्। । उनको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

मोटरसाइकलमा आएको समूहले गोली हानेर रोहिनी खोलातिर भागेको बताइएको छ ।

पुरानो देवदह गाविसका पूर्वअध्यक्ष एमालेका स्थानीय नेता नीलकण्ठ पौडेलका छोरा बसन्तलाई गुण्डानाइके मनोज पुनले पटक–पटक धम्की दिँदै आएको आफन्तहरुले बताएका छन् ।

इलाका प्रहरी कार्यालय बुटबलले हत्यामा संलग्नको पहिचान नभएको बताएको छ । घटनाको विषयमा अनुसन्धान सुरु गरिएको जनाइएको छ ।