Banner News

महेश भन्छन– भक्तपुरलाई प्रदेशको मुकाम बनाउनेः नारायणमान किन भन्दैछन– नबनाउने



भक्तपुर, २४ पुस । सरकारले प्रदेश नम्बर ३ को अस्थायी राजधानी भक्तपुरलाई तोकेपछि नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले भने बनाउन नहुने धारणा राख्दै आएका छन् ।

त्यसो त एमालेका नेता महेश बस्नेतले भने निर्वाचनमा मात्रै होइन, निर्वाचनपछि पनि भक्तपुरलाई प्रदेशको मुकाम बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।
यस अघिसरकारी कार्यदलले ठिमीलाई राजधानी बनाउन सिफारिस गरेको थियो । र, सरकारले त्यसलाई नै आधार मानेर ठिमीलाई अस्थायी मुकाम तोेकेको हो । तर, विजुक्छे भने त्यसको विपक्षमा सार्वजनिक अभिव्यक्ति दिदै आएका छन ।

हिजो पत्रकार महासंघ भक्तपुर शाखाको २१ औं स्थापना दिवसमा आयोजित कार्यक्रममा बिजुक्छले भक्तपुर केन्द्रीय राजधानी नजिक हुनुका साथै सम्पूर्ण सुविधा उपलब्ध भएको बताउँदै बाहिर जिल्लामा प्रदेश राजधानी बनाउनु उपयुक्त हुने धारणा राखे ।

उता, निर्वाचनमा एमालेका नेताहरुले भक्तपुरलाई ३ प्रदेशको राजधानी बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

भक्तपुरको सानोठिमीलाई प्रदेशको राजधानी बनाउनुपर्नेमा एमालेका नेताहरुले वताउँदै आएका थिए । र, भक्तपुरलाई नै अस्थायी मुकाम तोक्ना लागि त्यसै अनुसारको भूमिका खेल्दै आएका थिए ।
नेता बस्नेतका साथै एमालेका प्रदेशसभाका सदस्यहरु राहेन्द्रमान श्रेष्ठ, सशीजंग थापा र हरिशरण लामिछाने,सरसस्वती वाटी लगायतले चुनावी दौरानका क्रममा सानोठिमीलाई प्रदेश नम्बर ३ को राजधानी बनाइने प्रतिबद्वता व्यक्त गरेका थिए ।