काठमाडौ,२५ पुस । अदालतको अपहेलनामा पक्राउ डा गोविन्द केसीको रिहाईको माग गर्दै दवाव सुरु भएको छ । पक्राउको विरोधमा आज मंगलवार विहान माइतीघर मण्डलामा प्रदर्शन सुरु भएको छ । माइतीघरको प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्र लगायत अग्रपंक्तिमा देखिएका छन् । प्रहरीले सर्वोच्च अदालत वरपर कडा पहरा दिइरहेका छन्
प्रदर्शनमा राजनीतिक दलका नेतादेखि विभिन्न पेसाकर्मी सहभागी छन् । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई र पूर्वस्वास्थ्यमन्त्री गगन थापाले समेत प्रदर्शनकारीहरुलाई आफ्नो साथ रहेको घोषणा गरेका छन् ।
प्रहरीले सर्वोच्च अदालत वरपर कडा पहरा दिइरहेका छन् । यसैगरी नेपाल चिकित्सक संघका महासचिव डा लोचन कार्कीले केसीको को तत्काल रिहाईको माग गर्दै आन्दोलन गर्ने बताए । अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतले डा केसीलाई पक्राउ गरी मंगलबार विहान ९ बजे अदालतमा बुझाउन आदेश दिएपछि प्रहरीले त्रिभुवन शिक्षण अस्पतालस्थित अनसन बसेकै ठाउँबाट उनलाई पक्राउ गरेको हो। उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरवारमा राख्ने तयारी गरिएको छ।
प्रतिक्रिया दिनुहोस्