Banner News

माओवादी मन्त्रीहरू ले आज सामूहिक राजीनामा दिने



काठमाडौं २८ पुष । माओवादी केन्द्रका नौ मन्त्रीसहित सात राज्यमन्त्रीहरुले राजिनामा दिने तयारी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले असोज ३१ गते माओवादीका मन्त्रीसहित राज्यलाई विना विभागीय बनाएका थिए । आज सार्वजनिक विदा परेकोलेआज माओवादीका सबै मन्त्री र राज्यमन्त्रीले सामुहिक राजीनामा प्रधानमन्त्री देउवालाई बुझाउँदै छन् ।

निर्वाचन सुनिश्चिताका लागि विना विभागीय भएपनि सरकारमा बसेको विना विभागीय मन्त्री जनार्दन शर्माले बताए । ‘हामीले पहिले नै राजिमाना दिई सकेका थियौ । निर्वाचनको सुनिश्चितता नभएपछि सरकारमा बसेका थियौं ।’

माओवादीबाट सरकारको नेतृत्व गरेका कृष्णबहादुर महरासहित विनाविभागीय नौ जना मन्त्री र सात राज्यमन्त्रीले राजीनामा दिँदै छन् । जसमा जनार्दन शर्मा, टेकबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही,शिवकुमार मण्डल, आशा कोइराला, सन्तकुमार थारु र प्रभु साह छन् ।

यस्तै राज्यमन्त्रीमा मोहम्द जाकिर हुसैन, राजसिंह यादव, श्यामकुरमा श्रेष्ठ, कर्णबहादुर विक, छमबहादुर गुरुङ, गोमा कुवँर, ओङदी शेर्पा छन् ।