Banner News

सूर्यविनायकको दोस्रो नगरसभाः वाल विकासको कक्षा एक देखी तीनसम्म अनिवार्य अंग्रेजी माध्यम



भक्तपुर २८ पुस । सूर्यविनायक नगरपालिकाको नगरसभाले आज पारित गरेको शिक्षा नियमावलीमा व्यवस्था भए अनुसार सूर्यविनायक नगरपालिकाले शैक्षिक सत्र २०७५ देखी नगरभित्रका सबै सामुदायिक विद्यालयहरुमा प्रारम्भिक वाल विकास कक्षा एक देखी तीन सम्म अनिवार्य अंग्रैजी माध्यमबाट पठनपाठन गराउने व्यवस्था गरिएको छ ।नगरसभाले शैक्षिक सत्र २०७८ साभ भित्र १२ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन गराउने महत्वकाक्षी व्यवस्था समेत गरेको छ ।

मेयर वासुदेव थापाको अध्यक्षतामा सम्मन्न भएको दोस्रो नगर सभाले नेपालको संविधान २०७२ ले स्थानीय तहलाई दिएको अधिकार क्षेत्रभित्र परेका विभिन्न कार्यहरु सुचारु रुपले संचालन गर्न विभिन्न विधेयकहरु र निर्देशिका तथा कार्यविधिहरु समेत पारित गरेको छ ।
सभाले नगरपालिका क्षेत्र भित्रको योजना तथा कार्यक्रम व्यवस्थित रुपमा संचालन गर्न योजना तथा कार्य संचालन निर्देशिका,व्यवसायिक विज्ञापनका लागि विज्ञापन कर निर्देशिका, त्यसरी नै सभाले नगरभित्रका पसल तथा व्यवसाय संचालनलाई एकिन गर्न व्यवसायिक कर निर्देशिका र पूर्व प्राथमिक विद्यालय व्यवस्थापन निर्देशिका पनि पारित गरेको छ ।
नगरसभा सम्पन्नपछि प्रवक्ता उपेन्द्र केसीले हस्ताक्षर रहेको विज्ञप्ति प्रकाशित गर्दै सभाले पारित गरेका विभिन्त्र विषयहरु सार्वजनिका गरिएको छ ।

संचारकर्मीहरुलाई वितरित विज्ञप्तिमा निर्माण व्यवसाय नियमन गर्ने निर्देशिका तयार गरिएको उल्लेख गर्दै विज्ञप्तिमा उपभोक्ता हक हितका लागि बजार अनुगमन निर्देशिका पारित गरेको छ । विज्ञप्तिमा नगरमा सरसफाई तथा व्यवस्थित शहर विकासका लागि सरसफाई तथा फोहरमैला व्यवस्थापन र जग्गा प्लटिङ सम्बन्धी कार्यविधि समेत पारित गरेको छ ।