Banner News

राष्ट्रियसभामा एमालेको मापदण्ड तयः सभासदका लागि लविङ गरेका नेताहरु तनाबमा



काठमाडौ, ३० पुस। समानुपाति सूचीमा रहेर सांसद बन्न नपाएको पुरुष नेताले एमालेमा राष्ट्रियसभामा पनि जान नपाउने भएका छन् । समानुपातिमा रहेका प्रदेश र प्रतिनीधिसभाका केही नेताहरु राष्ट्रियसभाका लागि लबिङ गरिरहो बेला एमालेले उनीहरु नपर्ने गरि मापदण्ड बनाएको छ । एमालेले राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि संविधानको धारा ८७ बमोजिम योग्यता पुगेका नेताहरुको हकमा मपदण्ड बनाएको छ ।

पार्टीमा लामो योगदान गरेका, पार्टीसँग वैचारिक आबद्धता राख्दै समाजसेवा, संस्कृति, कला, साहित्य, विज्ञान, प्रविधिलगायत सामाजिक क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्ति हुनुपर्ने मापदण्ड तोकेको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

भौगोलिक र सामाजिक सन्तुलनलाई समेत ध्यान दिएर उम्मेदवार सिफारिस गर्नुपर्ने प्रदेश कमिटीलाई एमालेले निर्देशन दिइसकेको छ ।

प्रदेश कमिटीको सचिवालयले उम्मेदवार सिफारिस गर्दा स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनेका तथा समानुपातिक सूचीमा नाम समावेश नभएका नेतालाई मात्रै सिफारिस गर्नुपर्ने मापदण्ड पनि बनाइएको छ । यो मापदण्डले समानुपातिकमा महिला पठाउनुपर्ने बाध्यताले छुटेका पुरुष नेताहरु राष्ट्रियसभामा पनि रोकिने भएका छन् ।

‘प्रदेश र प्रतिनीधिसभामा छुटेका केही नेताहरु सिफारिस गर्नुपर्ने अवस्था थियो’ एक नेताले भने, ‘यो मापदण्डले उनीहरुलाई समस्या भयो सिफारिस गर्ने कमिटी पनि अप्ठ्यारोमा परेका छन् । राष्ट्रिय सभा सदस्य हुन कुनै विषयको विज्ञ वा विशेषज्ञ हुनुपर्ने पनि मापदण्डमा बनाइएको छ ।