काठमाडौ, २ माघ । प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न बोलाइएको मन्त्रिपरिषदको बैठक स्थगित भएको छ । मंगलबार दिउँसो चार बजेका लागि बोलाइएको बैठक बुधबार बिहान आठ बजेका लागि सारिएको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका नेताहरुसँगको छलफलपछि बैठक स्थगित गरेका हुन् । छलफलमा नेता रामचन्द्र पौडेल पक्षले प्रदेश प्रमुखमा आफ्नो पक्षलाई नियुक्त गर्न दवाव दिएको थियो ।
देउवाले पौडेल पक्षको प्रस्ताव नमानेपछि बैठक नै स्थगित भएको एक नेताले जनाए । प्रदेश प्रमुखको विषयमा फेरि छलफल गर्ने भन्दै देउवाले मंगलबारको छलफल टुंग्याएका थिए ।
कार्यसञ्चालनका लागि अस्थायी कार्यालय
सरकारले प्रदेश प्रमुखसँगै प्रदेशको कार्यसञ्चालनका लागि अस्थायी कार्यालय पनि तोक्ने तयारी गरेको थियो । प्रदेशको अस्थायी राजधानी तोक्दा आन्दोलन चर्कन सक्ने भएकाले कार्यसञ्चालनका लागि अस्थायी कार्यालय मात्र तोक्ने तयारी रहेको कानुनमन्त्री यज्ञबहादुर थापाले बताए । थापाका अनुसार सरकारले उच्च अदालत भएका ठाउँमा अस्थायी कार्यालय खोल्ने भएको छ ।
उच्च अदालत
प्रदेश १ – विराटनगर
प्रदेश २ – जनकपुर
प्रदेश ३ – पाटन
प्रदेश ४ – पोखरा
प्रदेश ५ – तुल्सीपुर
प्रदेश ६ – सुर्खेत
प्रदेश ७ – दिपायल
नेपाल पाटी
प्रतिक्रिया दिनुहोस्