भक्तपुर, ४ माघ। नेकपा एमालेका युवा नेता तथा भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभाका सांसद महेश वस्नेतले कमल थापाको सक्किएको राजनीति बचाउनको लागि १५ मिनेटमा ३ नं प्रदेशको राजधानीलाई हेटौडामा सारिएको बताएका छन् ।
आज प्रदेश नं ३ को राजधानी भक्तपुर नै हुनुपर्ने भन्दै भक्तपुरको सानो ठिमीमा भएको सडक आन्दोलनको क्रममा वस्नेतले भने भक्तपुरको सानो ठिमी बातावरणीय, खुल्ला क्षेत्रको हिसावले, हरियालीको हिसावले तथा भौगालिकताको हिसावले मिनि सिंहदरवारको रुपमा रहेको र यसलाई सहि तरिकाले सदुपयोग गरेमा राज्यको अरबौं रकम विकासको लागि खर्चिन पाउने ठाउँलाई उपेक्षा गर्दै सरकारले मनोमानी रुपमा हेटौंडा जस्तो एकलौटि ठाउँमा प्रदेश नं ३ को राजधानी घोषणा गर्नु दुर्भाग्य हुने बताएका छन् ।
सांसद वस्नेतले भने भक्तपुरको सानो ठिमी स्थित रहेको शिक्षा विभागको कार्यालय जहाँ १२१ बटा कोठाहरु रहेका छन् भने २५० रोपनी जग्गा रहेको छ । जसले गर्दा अहिलेको प्रादेशीक सरकार चलाउन आवश्यक पर्ने भौतिक संरचना तयारी अवस्थामा रहेको छ । प्रदेशको सम्पूर्ण कार्यालयहरु सञ्चालन गर्न शिक्षा विभाग नै काफि रहेको र यसबाट नेपाल सरकारको अरबैं रुपैया जोगिने छ । कृषि विकासको तालिम केन्द्रलाई प्रदेश सभा बनाउन उपयुक्त ठाउँ रहेको आम भक्तपुर वासीले मात्र भनेको नभई स्वयम् नेपाल सरकारको प्राविधिक टोलिले समेत आफ्नो प्रतिवेदमा स्पष्ट रुपमा नै जनाएको बताएका छन् ।
३ नं। प्रदेशका जम्मा १३ बटै जिल्लाका अधिकाशं निर्वाचित प्रतिनिधिहरुले राजधानी भक्तपुर नै बनाउनुपर्नेमा जोड दिइरहेका छन् । निर्वाचित प्रतिनिधिहरुले विभिन्न सञ्चार माध्यमहरुमा अन्तरवार्त दिदैं प्रादेशिक राजधानी भक्तपुर नै उत्तम हुने बताइरहेका छन् ।
प्रधानमन्त्री समेत रहेका काग्रेस सभापति शेरबहादुर देउवाले कमल थापाको गुलामी गरी ३ नं। प्रदेशको राजधानी हेटौंला लगेकोले प्रदेश नं। ३ को राजधानी भक्तपुर नै बनाउनु पर्छ भनि गरिएको आन्दोलनलाई नेपाली काग्रेसको समर्थन रहेको नेपाली काग्रेस भक्तपुरले समेत बतएका छ । आज भएका संयुक्त पार्टीको आन्दोलनले यस्तो घिन लाग्दो सरकारको कार्य तत्काल फिर्ता लिन समेत आग्रह गरेका छन् । यसका निम्ती आवश्यक सम्पूर्ण निकायमा छिट्टै ज्ञापनपत्र बुझाउने समेत बताएका छन् ।
एभरष्टमिसन
प्रतिक्रिया दिनुहोस्