Banner News

नर्सहरुको आन्दोलन स्थगित : निस्कासित नर्स पुनर्बहाली गर्न सरकार सहमत



काठमाडौं ४ माघ । मानव अंग प्रत्यारोपण केन्द्रबाट निस्कासित नर्स त्रजिना जतिलाई पुनर्बहाली गर्न सरकार सहमत भएको छ । यससँगै नर्सहरुको आन्दोलन स्थगित भएको छ ।

सरकारी वार्ता टोली र नर्सिङ संघबीच भएको वार्तामा ११ बुँदे सहमति भएको छ

आफूहरुले अघि सारेको सबै माग पुरा गर्न मन्त्रालय सहमत भएको संघकी कार्यबाहक अध्यक्ष गंगा थापाले हामा् प्तिनिधी लाइ बताइन् । उनका अनुसार त्रजिनाको पुर्नवहाली २४ घन्टाभित्र गर्ने र बाँकी माग एक महिनाभित्र पुरागर्ने सरकारी प्रतिवद्धता छ ।

जसमा नर्स जतिलाई पुर्नबहाली गर्नेसहित ११ बुँदे माग राखेर नर्सहरु आन्दोलनमा उत्रिएका थिए ।नर्सिङ सेवा महाशाखा पुनस्र्थापना, सरकारले तोके अनुसार ‘नर्स बिरामीको अनुपात’ लागू हुनुपर्ने, निजी अस्पतालमा पनि सरकारी सरह न्यूनतम तलबभत्ता हुनुपर्ने, भोलेन्टियरका नाममा भएको नर्सको श्रमशोषण बन्द गर्नु पर्ने संघको माग छ । साथै स्कुल तथा उद्योगहरुमा गुणस्तरीय नर्सिङ सेवा पुर्‍याउनु पर्ने, दुर्गममा काम गर्ने नर्सहरुलाई उचित पारिश्रमिक र सुरक्षाको प्रत्याभूति हुनु पर्ने, श्रम ऐन लागू गर्नु पर्ने लगायत पनि संघको माग थियो ।