Banner News

शंकर पोखरेल प्रदेश ५ को संसदीय दलको नेता चयन



काठमाडौं, ७ माघ / एमाले प्रदेशसभा संसदीय दलको आइतबार बसेको बैठकले पोखरेललाई संसदीय दलको नेतामा निर्वाचित गरेको हो ।

प्रदेशसभा सदस्यहरुले सपथ लिएलगत्तै दलको बैठक बसेको थियो । पोखरेल प्रदेश ५ मा मुख्यमन्त्रीका उम्मेद्वार हुन । उनलाई मुख्यमन्त्री बनाउने वारेमा एमाले र माओवादीबीच सहमति भइसकेको छ ।

पोखरेलले निर्वाचनमा प्रतिस्पर्धा गरिरहँदा ५ न। प्रदेशको बिकासको खाका नै प्रस्तुत गरेका थिए । उनले निर्वाचन घोषणापत्रमा नै प्रदेशका संभावनाहरुको सूची प्रस्तुत गर्दै तीनको बिकासका लागि प्रष्ट मार्गचित्र बनाएका थिए ।