Banner News

निजी मेडिकल कलेजको मनपरी शुल्क विरुद्ध विद्यार्थी आन्दोलित, गोविन्द केसी मौन



काठमाडौं, १६ माघ । निजी मेडिकल कलेजहरुले एमबीबीएस अध्ययनका लागि चिकित्सा शिक्षा संस्थान आईओएम ले तोके भन्दा बढी शुल्क लिएपछि विद्यार्थी सडकमा उत्रेका छन् ।

आईओएमले उपत्यका भित्र साढे ३८ लाख र काठमाडौं बाहिरको हकमा साढे ४२ लाख रुपैयाँ शुल्क तोकेको छ तर, निजी मेडिकल कलेजहरु विभिन्न शीर्षक दिएर विद्यार्थीहरुबाट ४८ लाख रुपैयाँसम्म रकम अलुस गरिरहेका छन् ।

नयाँ मेडिकल कलेज खोल्नुलाई ‘मेडिकल माफिया’को संज्ञा दिंदै यसअघि डा गोविन्द केसी १४ पटकसम्म आमरण अनसन बस्दै आएका थिए । भइरहेका मेडिकल कलेजले मनपरी शुल्क लिंदा भने डा केसीले पनि कुनै प्रतिक्रिया सार्वजनिक गरेका छैनन् ।

ओपन हाउस काउन्सिलिङबाट छनोट भएका विद्यार्थीहरु भर्नाका लागि मेडिकल कलेजहरुमा पुगेका छन् । तर, कलेजहरुले थप रकम मागेका छन् । बढी रकम असुल्न खोज्ने कलेजहरुमा काठमाडौंको किष्ट, चितवनको चितवन मेडिकल कलेज, वीरगञ्जको नेशनल, पोखराको गण्डकी र भैरहवाको युनिभर्सल मेडिकल कलेज छन् । चितवन मेडिकल कलेज पुगेका थिए । तर, कलेजले थप १२ लाख मागेको छ ।