सम्पादकीय

प्रदेश ३ प्रदेशसभा बैठक २७ माघमा सभामुख निर्वाचन , अन्तरिम कार्यविधि पारित



हेटौडा १९ माघ । प्रदेश ३ को बिहीबार बसेको पहिलो प्रदेशसभा बैठकले आगामी २७ माघमा सभामुख र उपसभामुखको निर्वाचन गर्ने तय गरेको छ । मुलुक संघीयतामा गएसँगै पहिलोपटक बसेको प्रदेशसभा बैठकले प्रदेशसभा सञ्चालनसम्बन्धी अन्तरिम कार्यविधि पारित गर्दै सभामुख र उपसभामुख निर्वाचनको मिति तय गरेको हो ।

प्रदेश ३ को अस्थायी राजधानी हेटौंडामा बसेको बैठक मुलुकका सात प्रदेशमध्ये सबैभन्दा पहिलो बैठक हो । बैठकले सभामुख चयनको निर्वाचन मितिसहित कार्यसूचीमा रहेका तीन विषयमा छलफल गरी पारित गरेको हो । बैठकले प्रदेशसभाको सभामुख र उपसभामुख निर्वाचनको कार्यतालिका बनाउने जिम्मा प्रदेशसभा सचिवालयलाई दिएको छ ।

संघीयता कार्यान्वयकै क्रममा भएको प्रदेशसभाको पहिलो बैठकमा सहभागी सांसदहरूमा उत्साह र खुसी देखिन्थ्यो । निर्धारित समयमै ९दिउँसो १ बजे० सुरु भएको बैठक एक घण्टा चलेको थियो । राष्ट्रिय गानबाट सुरु गरिएको प्रदेशसभाको बैठकको सुरुमा अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखको पत्र पढेर सुनाइएको थियो । त्यसपछि शहीदको नाममा एक मिनेट मौनधारण गरिएपछि बैठकलाई अघि बढाइएको थियो ।

ज्येष्ठ सदस्य डोरमणि पौडेलले सभामुखको भूमिका निर्वाह गरेको बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने ८ दलका नेताले आफ्ना भनाइ राखेका थिए । बैठकले प्रदेशसभा सञ्चालन नियमावली नबनेसम्मका लागि दलीय सहमतिका आधारमा तयार गरिएको प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि, २०७४ लाई सर्वसम्मतिले पारित ग¥यो । बैठकमा सभामुखले अन्तरिम कार्यविधि निर्णायार्थ पेस गरेका थिए । कार्यविधिमा ३० दफा र ४ अनुसूची छन् ।

प्रदेशसभा बैठकमा ज्येष्ठ सदस्यको अनुपस्थितिमा बैठक सञ्चालनका लागि प्रमुख चार दलका एकएक जना रहेको समितिसमेत बनाइएको छ । समितिमा रामेश्वर फुयाल, धनश्याम दाहाल, गीता वाग्ले र शोभा शाक्य छन् । प्रदेश ३ का १३ जिल्लाका १ सय १० जना सांसद सहभागी थिए । प्रदेशसभाको अर्को बैठक आगामी २७ माघ दिउँसो ३ बजे बस्नेछ ।राजधानीमा समाचार छ ।