Banner News

बामदेव गौतम भन्नु हुन्छः एकता नभए कम्युनिष्ट आन्दोलमा अहिले सम्मकै ठूलो क्षती हुन्छ



काठमाडौं २१ माघ । नेकपा एमाले का उपाध्यक्ष बामदेव गौतमले पार्टी एकता नभए कम्युनिष्ट आन्दोलमा अहिले सम्मकै ठूलो क्षती हुने बताएका छन् । प्रेस चौतारी नेपालको २० औं स्थापना दिवसको अवसरमा आज राजधानीमा आयोजीत कार्यक्रममा बोल्दै उपाध्यक्ष गौतमले एकताका लागि नेकपा एमाले ठूलो दल भएका कारण लचिलो र जिम्मेवार हुनु पर्ने बताए ।

साथै उनले एकताका लागि केही समस्या रहेको जिकिर गरे, तर के समस्या भन्ने खुलाएनन् । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणका विषयमा बोल्दै नेता गौतमले भने, ‘ यो भ्रमण नेपाल र भारतको सम्वन्ध सुधारको भ्रमण हो ।’

संविधान निर्माणका बेला भारतले नोपलमा गरेको नाकावन्दी र त्यसले नोपलमा पारेको नकारात्कम असरले नेपाल र भारतबीच बिग्रिएको सम्वन्धलाई सुधार्न भारतीय विदेशमन्त्रीको भ्रमण भएको हो नेता गौतमले भने । उनले अबको सरकार एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा बन्छ र त्यो सरकाले विकास निर्माण र जनजीविकाको हितमा काम गर्ने बताए ।

कार्यक्रममा बोल्दै एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टाराई र माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले वाम एकता आजको आवश्यकता भएको बताए । उनीहरुले वामगठबन्धनको सरकार आएपछि प्रेस स्वतन्त्रता अझ बढी उपयोग गर्न पाउने विश्वास दिलाए ।

यसैबीच प्रेसचौतारीले स्थापना दिवसका अवसरमा प्रदान गर्दै आएको विभिन्न पत्राकारीता पुरस्कार पनि प्रदान गरिएको छ । हृदयचन्द्र सिंह पत्रकारीता पुरस्कारबाट पत्रकार कृष्णमुरारी भण्डारी त्यस्तै अग्नीशिखा पत्रकारीता पुरस्कारबाट पत्रकार रघु मैनालीलाई सम्मान गरिएको छ । पुरस्कारको राशी जनही १५/१५ हजारको रहेको छ ।