Banner News

राष्ट्रिय सभामा वाम गठबन्धनको दुई तिहाइ



काठमाण्डौ २५ माघ । राष्ट्रिय सभा निर्वाचनमा वाम गठबन्धनले दुई तिहाइ सिट जितेको छ । एमाले र माओवादी केन्द्रले ५६ सिटमध्ये ३७ स्थानमा जित हासिल गरेका छन् । बाँकी दुई स्थान जित्ने निश्चित छ ।

नयाँ संविधानमा व्यवस्था गरिएको दुई सदनात्मक व्यवस्थाअनुसार माथिल्लो सदन मानिने राष्ट्रिय सभाको ५९ सिटमध्ये तीन जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने संवैधानिक व्यवस्था छ भने ५६ सिटका लागि बुधबार भएको निर्वाचनमा वाम गठबन्धनले दुई तिहाइ स्थानमा जितेको हो ।

प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ ६०र४० सिट संख्या बाँडफाँट गरेका एमाले र माओवादीले राष्ट्रिय सभामा एमाले २९ र माओवादी केन्द्रले १३ सिट बाँडफाँट गरेका थिए ।

बुधबार सम्पन्न निर्वाचनमा ३२ सिटका लागि ५२ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । ३२ मध्ये २५ स्थानमा वाम गठबन्धनले जित हासिल गरेको छ । यसअघि १२ स्थानमा निर्विरोध भइसकेको छ ।

राष्ट्रिय सभा निर्वाचनमा एमाले २६ सिट जित्दै पहिलो बनेको छ । यसअघि प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा पनि एमाले पहिलो दल बनेको थियो । नेपाली कांग्रेसले १२ सिट जितेर राष्ट्रिय सभामा दोस्रो र नेकपा माओवादी केन्द्र ११ सिटका साथ तेस्रो स्थानमा रहेको छ । संघीय समाजवादी फोरम र राजपा नेपालले समान दुई÷दुई सिट जितेका छन् ।

बुधबार रातिसम्म सात प्रदेशमध्ये प्रदेश १, ३, ४, ५ र ७ को सम्पूर्ण नतिजा सार्वजनिक भएको छ । प्रदेश ६ को खुलातर्फ तीन सिटको मतपरिणाम सार्वजनिक हुन बाँकी छ । खुला तीनमध्ये १ मा कांग्रेस र २ मा वाम गठबन्धनको उम्मेदवार रहेकाले दुई सिट वाम गठबन्धनकै थपिने निश्चित रहेको हो । प्रदेश २ का आठ सिटमा नै निर्विरोध भएकाले बुधबार निर्वाचन कार्यक्रम नै गरिएन ।

प्रदेश १ मा यसअघि ६ सिटमा निर्विरोध भएको थियो । बाँकी दुई सिटका लागि बुधबार भएको निर्वाचनमा एमालेबाट दलिततर्पm खेम नेपाली र अल्पसंख्यक वा अपांगतातर्पm अगमप्रसाद बान्तवा राई विजयी भए ।

प्रदेश २ मा यसअघि नै एमालेका सुमनराज प्याकुरेल, कांग्रेसबाट जितेन्द्रनारायण देव र मुक्ताकुमारी यादव, माओवादी केन्द्रबाट शशीकला दाहाल, संघीय समाजवादी फोरम नेपालबाट प्रमिला कुमारी, रामप्रित पासवान र राष्ट्रिय जनता पार्टी नेपालबाट वृषेशचन्द्र लाल र रामप्रसाद यादव निर्विरोध विजयी भएका थिए ।

प्रदेश ३ को खुलातर्फ माओवादी केन्द्रका रामबहादुर थापा, एमालेबाट बलराम बाँस्कोटा, राधेश्याम खतिवडा, महिलातर्फ उदया शर्मा पौडेल, दिलकुमारी रावल थापा, दलिततर्फ सिंहबहादुर विश्वकर्मा, अल्पसंख्यक वा अपांगतातर्फ रामचन्द्र राई विजयी बने । यस्तै, कांग्रेसबाट धनकुमारी खतिवडा विजयी बनिन् ।

प्रदेश ४ मा एमाले र कांग्रेसका तीन÷तीन र माओवादीबाट दुई जना विजयी बनेका छन् । एमालेका गणेशप्रसाद तिमिल्सिना, शान्तिकुमारी जिसी, दीपा गुरुङ विजयी बनेका छन् । कांग्रेसबाट सुरेन्द्रराज पाण्डे निर्वाचित बने भने अल्पसंख्यक वा अपांगतातर्फ कांग्रेसबाट प्रकाश पन्थ यसअघि नै निर्विरोध बनेका थिए । यस्तै, माओवादी केन्द्रबाट दीनानाथ शर्मा र खिमकुमार विक विजयी भए ।

प्रदेश ५ मा एमाले र माओवादीले दुई÷दुई सिट जितेका छन् भने कांग्रेसले एक सिट जितेको छ । तीन सिटमा निर्विरोध भएको थियो ।

पाँच सिटका लागि बुधबार भएको निर्वाचनमा खुलातर्फ एमालेबाट खिमलाल भट्टराई, माओवादी केन्द्रबाट चन्द्रबहादुर खड्का, कांग्रेसबाट रूपन्देहीका दुर्गाप्रसाद उपाध्याय विजयी बने भने दलिततर्पm एमालेका उम्मेदवार रामलखन चमार र अपांग तथा अल्पसंख्यक कोटामा माओवादी केन्द्रबाट रोल्पाका राजकुमार कुँवर विजयी बने । प्रदेश ५ मा एमालेका तर्फबाट कोमल ओली र मीना बुढा र कांग्रेसका तर्फबाट अनिता देवकोटा निर्विरोध निर्वाचित भएका थिए ।

प्रदेश ६ मा महिलातर्फ एमालेबाट कविता बोगटी, नन्दा शर्मा र माओवादीबाट युटुल लामा विजयी भए । दलित सदस्यमा एमालेकै नरपति लोहार र अपांगतातर्पm माओवादी केन्द्रका जीवन बुढा विजयी भए । तीन खुला सदस्यको निर्वाचन एकल संक्रमणीयबाट भएकाले बुधबार राति अबेरसम्म पनि मतगणना जारी छ ।

प्रदेश ७ को दुई सिटका लागि भएको निर्वाचनमा दलित सिटमाा एमालेका चक्रप्रसाद स्नेही र अल्पसंख्यक तथा अपांगता कोटामा माओवादी केन्द्रका महेशकुमार महरा विजयी भए ।

प्रदेश ७ मा एमालेका शेरबहादुर कुँवर, इन्दु कडरिया, कमलाकुमारी ओली, कांग्रेसका बद्रीप्रसाद पाण्डे, तारादेवी भट्ट र माओवादी केन्द्रका हरिराम चौधरी निर्विरोध विजयी भएका थिए ।राजधानी बाट ।