Banner News

पौडेल प्रदेश ३ को मुख्यमन्त्री नियुक्त



हेटौँडा, २९ माघ । प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले हिजो नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम नेकपा एमाले प्रदेश नं ३ का संसदीय दलका नेता डोरमणि पौडेललाई मुख्यमन्त्री पदमा नियुक्त गर्नु भएको छ ।

प्रदेश प्रमुख कार्यालयका सचिव चतुर्भुज ज्ञवालीले आज साँझ पत्रकार सम्मेलन गरी मुख्यमन्त्री पदको नियुक्तिको जानकारी दिनुभयो । नवनियुक्त मुख्यमन्त्री पौडेललाई सोमबार बिहान पद र गोपनियताको शपथ गराउने कार्यक्रम रहेको बताइएको छ ।राजधानी बाट ।