काठमाडौं, २९ फागुन । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको सोमबार भएको ‘वान–टु–वान’ वार्ताले पार्टी एकता टुंगो लगाएको छ ।
‘पार्टी एकता र सरकार गठन करिव टुंगो लागेको छ । भोली उहाँहरुबीच फेरी एकान्त वार्ता भएपछि पार्टी एकता संयोजन समितिको बैठक बस्नेछ । त्यसपछि एक दुई दिनमा एकता घोषणा हुन्छ ’श्रोतले चक्रपथसँग भन्यो ।
ललितपुर, मानभवनस्थित एक घरमा तीन घण्टासम्म चलेको वार्तामा दुई अध्यक्षले सरकार गठन र एकताका सबै आयाममा खुला छलफल गरी निर्णयमा पुगेका हुन् ।
प्रतिक्रिया दिनुहोस्