भक्तपुर ६ फागुन। नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच यो हप्ताभित्रै पार्टी एकता घोषणा गर्ने सहमति भएको छ । विहान भक्तपुरको रहेका बीएण्डबी मेडिकल कलेज सञ्चालकको घरमा भएको छलफलमा एक हप्तामा नै पार्टी एकता गर्ने सहमति भएको हो ।
स्रोतका अनुसार पहिला पार्टी एकता गर्ने र सैद्धान्तिक रुपमा असहमत विषय महाधिवेशनबाट टुंगो लगाउनेगरी सहमति भएको छ । बिहान कानासहितको बैठकमा सोमबार एकता संयोजन समितिको बैठक गरेर सहमति खोज्ने निस्कर्ष निकालिएको छ । बैठकपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब पार्टी एकता घोषणा गर्न कुनै कुराले अवरोध गर्न नसक्ने बताए ।
दुई शिर्ष नेताबीचको छलफल लगत्तै दुवै सिंहदरबास्थित एमाले संसदीय दलको कार्यालयमा पुगेर सम्बृद्धि सम्बन्धी कार्यदलको रिपोर्ट सयुक्त रुपमा बुझेका थिए । सोमबार पार्टी एकता संयोजन समितिको बैठक बसेर पार्टी एकता घोषणाको मिति समेत तय गर्ने एक नेताले दावी गरे ।
प्रतिक्रिया दिनुहोस्