Banner News

ओली–दाहालमै अड्कियो गाँठो



काठमाण्डौ ७ फागुन । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता प्रक्रियाको गाँठो अध्यक्ष तहमा नै अड्किएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच एकल वार्ता बसेर आइतबारै संयोजन समितिको बैठक बस्ने तयारी रहे पनि दुई नेतामा नै कुरो नमिलेपछि संयोजन समितिको बैठक बस्न सकेन ।

दुई पार्टीबीच एकतामा मार्गनिर्देशक सिद्धान्त मुख्य विवादित विषय रहेको नेताहरूले बताएका छन् । अध्यक्षबाहेकका नेताको व्यवस्थापन राष्ट्रपति र सभामुखलगायत बाँडफाँटको विषय प्याकेजमै मिलाउन नेताहरू जुटे पनि सहमतिमा पुग्न सकेका छैनन् ।

नेताहरूले भने वार्ता सकारात्मक रूपमा अघि बढिरहेको बताएका छन् । ओलीको सचिवालयले दुई नेताबीच सकारात्मक ढंगले छलफल चलिरहेको र यथाशक्य चाँडो संयोजन समितिको बैठकबाट निष्कर्षमा पुगिने जनाएको छ । यता, मार्गनिर्देशक सिद्धान्तका रूपमा जनताको बहुदलीय जनवाद हुनैपर्ने एमालेको अडानका कारण ओली–दाहालबीचको वार्तासमेत निष्कर्षमा पुग्न सकेको छैन ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले एमाले नेताहरूले जबजलाई भावनात्मक रूपमा अघि सारेको ब्रिफिङ गरेका छन् । ‘पार्टी एकताको विकल्प छैन, एकता कुनै पनि हालतमा गर्नैपर्छ र यो ढिलो चाँडो सम्पन्न हुन्छ,’ दाहालले पार्टी संसदीय दलको बैठकमा आइतबार भने, ‘तर पछिल्लो समय एमाले नेताहरूले सैद्धान्तीक विषयलाई भावनात्मक रूपमा उठाइरहेका छन्, यसमा कुनै ठाउँमा पुगेर सहमति नगरी हुन्न ।’

एमाले दोस्रो तहका नेताले दुई अध्यक्षको पदीय बाँडफाँट टुंग्याएर मात्रै नहुने भन्दै आफ्नो भूमिका के हुने भनेर २ फागुनमा बसेको संयोजन समितिको बैठकमा प्रश्न उठाएका थिए । दोस्रो तहका नेताहरूले आफ्नो पनि भूमिका खोज्दै जबज र माओवाद दुवै पक्षले मार्ग निर्देशक सिद्धान्तका रूपमा अघि सारेपछि दुई अध्यक्षलाई सहमति जुटाउन थप जटिलता थपिएको छ ।

एकता संयोजन समितिको बैठकमा मार्ग निर्देशक सिद्धान्तको विषयमा दुई दलबीच सहमति नजुटेपछि एकताका लागि बस्ने दुई अध्यक्षबीचको वार्तासमेत सकारात्मक ढंगले अघि बढ्न सकेको छैन । एमालेले जनताको बहुदलीय जनवाद ९जबज० लाई मार्ग निर्देशक सिद्धान्त राख्नुपर्ने अडान बैठकमा राखेको थियो । माओवादीले जबजलाई मार्ग निर्देशक सिद्धान्त राखेमा माओवादलाई पनि समेट्नुपर्ने माग गरेको थियो । संयोजन समितिको बैठकमा मार्ग निर्देशक सिद्धान्तमा सहमति नजुटेपछि ३ फागुनमा प्रधानमन्त्री नियुक्त भएका एमाले अध्यक्ष ओलीले एमालेका मात्रै दुई मन्त्रीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

एमाले भावनात्मक रूपमा प्रस्तुत भएको दाहालको ब्रिफि

माओवादी केन्द्रले पार्टी एकताको आधारभूत विषय टुंग्याउनुपर्ने र राष्ट्रपति, सभामुखलगायत बाँडफाँटको विषयसमेत प्याकेजमै सहमतिमा टुंग्याउनुपर्ने अडान राखेको छ ।

एकता संयोजन समितिको २ फागुनमा बसेको बैठकअघि २९ माघ र १ फागुनमा बसेको दुई पार्टी अध्यक्षको वान टु वान वार्तामा पार्टी नेतृत्वमा दुवै अध्यक्ष रहने र एकले सरकारको नेतृत्व गर्दा अर्कोले कार्यकारी भूमिका पार्टी अध्यक्षका रूपमा भूमिका निभाउने, साढे दुई÷दुई वर्ष सरकारको आलोपालो नेतृत्व गर्ने तथा दुवै पार्टीका विचार र सिद्धान्तलाई महाधिवेशनमा संश्लेषण गरेर जाने समझदारी जुटेको थियो ।

माओवादी अध्यक्ष दाहालले संसदीय दलको बैठकमा नेतृत्वमा सहमति नजिक रहे पनि मार्ग निर्देशक सिद्धान्तमा सहमति जुट्न बाँकी रहेको बताएको एक नेताले जानकारी दिए । दुई अध्यक्षको समझदारी अनुसार एकता संयोजन समितिको बैठकमा सहमतिमा हस्ताक्षर गर्ने तयारी गरिए पनि मार्ग निर्देशक सिद्धान्तमा सहमति जुट्न सकेन । दुई अध्यक्षले गत शनिबार र आइतबार पनि वान टु वान वार्ता गरेर सहमति जुटाउने प्रयास जारी राखेका छन् ।राजधानी मा समाचार छ ।