Banner News

देउबा सरकारले गरेकोेसिफारिस रद्ध गर्दै सरकारद्वारा राष्ट्रियसभा सदस्यमा तीन जनाको नाम सिफारिस



काठमाडौं ८ फागुन । सरकारद्धारा राष्ट्रियसभा सदस्यमा तीन जनाको नाम सिफारिस गरेको छ। मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको सिफासिर रद्ध गर्दै राष्ट्रियसभा सदस्यमा तीन जनाको नाम सिफारिस गरेको हो।

सरकारले राष्ट्रियसभा सदस्यमा युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईको नाम सिफारिस गरेको छ । सरकारद्धारा सिफारिस भएका तीन जनालाई राष्ट्रपतिले अनुमोदन गरेर नियुक्त गर्नु पर्ने कानुनी प्रावधान रहेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको थियो ।

राष्ट्रपति कार्यालयले देउवा सरकारको सिफारिस अध्ययन गर्न बाँकी रहेको भन्दै अगाडी बढाएका थिएन । ५९ सदस्यीय राष्ट्रियसभामा ५६ जना हरेक प्रदेशबाट चुनिने र ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।