भक्तपुर,८ फागुन। भक्तपुर नगरपालिकाको आयोजनामा भएको अन्तर नगर मेयर कप भलिबल प्रतियोगिताको उपाधि सूर्यविनायक नगरपालिकाले जितेको हो । प्रतियोगितामा उपाधिसहित सूर्यविनायकले एक लाख ५१ हजार रुपैयाँ पुरस्कार पनि हात पारेको छ ।
विजेता नगरपालिकालाई प्रतिनिधिसभा सदस्य एवं नेपाल मजदुर किसान पार्टी सचिव प्रेम सुवालले पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा २१ वटा नगरपालिकाको सहभागिता रहेकोमा सूर्यविनायकले आफनो प्रकड जमाउन सफल भएको हो ।
सूर्यविनायक नगरपालिकाले गोदावरी नगरपालिकालाई ३–१ सेटले पराजित गर्दै उपाधि हात पारर्यो । आज भएको फाइनल खेलमा माथि कब्जा जमाएको हो । पहिलो सेट २६–२४ र दोस्रो सेट २५,–२३ ले विजयी भएको सूर्यविनायक तेस्रो सेटमा भने २५–२३ को पराजय भोग्यो । खेलको अन्तिम सेटमा २५–१५ ले आफ्नो पक्षमा पार्दै सूर्यविनायकले उपाधि चुम्न सफल भएको हो ।त्यसैगरी, प्रतियोगितामा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले तेस्रो स्थान हासिल गर्न सफल भयो भने ललितपुर महानगरपालिका चौथो स्थानमा पुग्यो । दोस्रो स्थान हासिल गरेको गोदावरी नगरपालिकाले ७५ हजार, तेस्रो स्थान हासिल गर्ने तिलोत्तमा ३० हजार र चौथो हुने ललितपुरले २० हजार नगदसहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गरे ।
प्रतिक्रिया दिनुहोस्