सम्पादकीय

माओवादीबाट थापाको नेतृत्व



काठमाण्डौ ९ फागुन । नेकपा माओवादी केन्द्रबाट सरकारको नेतृत्व पार्टी वरिष्ठ नेता रामबहादुर थापाले गर्ने भएका छन् । बुधबार आज पार्टी विस्तारित सचिवालय सदस्यको बैठकले सरकारमा सहभागिता जनाउने मन्त्रीहरू तथा नेतृत्वको टुंगो लगाउँदै छ ।

माओवादी एक सचिवालय सदस्यका अनुसार थापाको नेतृत्वमा सरकारमा पठाउनेगरी छलफल भइरहेको छ । पार्टी अध्यक्षपछि संसद्मा थापा दोस्रो वरीयतामा रहेकाले उनकै नेतृत्वमा सरकारमा पठाउने तयारी माओवादीले गरेको हो । थापा राष्ट्रिय सभाबाट निर्वाचित सांसद हुन् । संविधानमा राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवै सदनका सदस्य मन्त्री हुन पाउने प्रावधान छ । उनी पूर्व रक्षामन्त्रीसमेत हुन् । पार्टी प्रवक्ता पम्फा भुसालले भने अहिलेसम्म कसको नेतृत्वमा र क–कसलाई पठाउने भन्ने निर्णय नभएको र बैठकमा छलफल गरेर टुंगो लगाइने बताइन् । माओवादी स्रोतका अनुसार थापालाई उपप्रधानसहित कुनै मन्त्रालयमा पार्टीबाट सरकारको नेतृत्व गरेर पठाउने तयारी छ । माओवादीले गृह मन्त्रालय पाउने भए पनि गृहमा भने थापाभन्दा बाहेकका व्यक्ति जाने सम्भावना छ । माओवादीबाट आज ९बुधबार० कम्तीमा पनि दुई जना मन्त्री सरकारमा सहभागी हुँदै छन् । अध्यक्ष दाहालले मंगलबार नै दुई जना माओवादी मन्त्री सरकारमा पठाउने बताएका थिए । स्रोतका अनुसार थापा र मातृका यादव आज सरकारमा सहभागी हुने सम्भावना छ । माओवादी केन्द्रको समर्थनमा गत ३ फागुनमा प्रधानमन्त्री नियुक्ति भएका एमाले अध्यक्ष केपी ओलीले आज दोस्रोपटक मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् ।
संविधानमा राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवै सदनका सदस्य मन्त्री हुन पाउने प्रावधान छ । उनी पूर्व रक्षामन्त्रीसमेत हुन् । पार्टी प्रवक्ता पम्फा भुसालले भने अहिलेसम्म कसको नेतृत्वमा र क–कसलाई पठाउने भन्ने निर्णय नभएको र बैठकमा छलफल गरेर टुंगो लगाइने बताइन् । माओवादी स्रोतका अनुसार थापालाई उपप्रधानसहित कुनै मन्त्रालयमा पार्टीबाट सरकारको नेतृत्व गरेर पठाउने तयारी छ । माओवादीले गृह मन्त्रालय पाउने भए पनि गृहमा भने थापाभन्दा बाहेकका व्यक्ति जाने सम्भावना छ । माओवादीबाट आज ९बुधबार० कम्तीमा पनि दुई जना मन्त्री सरकारमा सहभागी हुँदै छन् । अध्यक्ष दाहालले मंगलबार नै दुई जना माओवादी मन्त्री सरकारमा पठाउने बताएका थिए । स्रोतका अनुसार थापा र मातृका यादव आज सरकारमा सहभागी हुने सम्भावना छ । माओवादी केन्द्रको समर्थनमा गत ३ फागुनमा प्रधानमन्त्री नियुक्ति भएका एमाले अध्यक्ष केपी ओलीले आज दोस्रोपटक मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् ।राजधानीमा समाचार छ ।