Banner News

प्रधानमन्त्रीसहित ११ एमालेलाई ७ माओवादीलाई रहने गरी १८ मन्त्रालय,कायम



काठमाडौं १० फागुन । नेकपा एमाले र माओवादी केन्द्रबीच केन्द्रमा १८ मन्त्रालय राख्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलको बैठकले केन्द्रमा १८ मन्त्रलय राख्ने सहमति गरेको हो ।

सामान्य प्रशासन मन्त्रीको नेतृत्वमा गठन गरिएको अधिकार सम्पन्न संघीय प्रशासनिक पुनःसंरचना समितिले पनि यसअघि संघमा १८ मन्त्रालय रहने प्रस्ताव गरेको थियो । मुख्य सचिवको नेतृत्वमा गठित समितिले ल्याएको १५ मन्त्रालयको खाकाको प्रस्तावभन्दा बढी मन्त्रालय संख्या राख्ने खाका ल्याएको थियो ।

मुख्य सचिव सोमलाल सुवेदीको नेतृत्वमा सरकारले यस अघि संघीयता कार्यान्वयन तथा प्रशासन पुनःसंरचना समन्वय समितिले संघमा १५ मन्त्रालय रहने प्रस्ताव गरेको थियो । संविधान अनुसार संघमा २५ जनाभन्दा बढीको मन्त्रीमण्डल निर्माण गर्न नपाइने उल्लेख छ । मन्त्री भन्ने वित्तिकै उपप्रधानमन्त्रीदेखि सहायक मन्त्रीसम्म पर्ने उल्लेख छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको छलफलले मन्त्रालयको संख्या टुङ्गो लगाएको हो । एमालेले ११ र माओवादीले सात मन्त्रालय लिने सहमति भएको एक नेताले नेपालपाटीलाई जानकारी दिए । उनका अनुसार कुन मन्त्रालय कसले लिने भन्नेमा बालुवाटारमा छलफल भइरहेको छ ।

अब कायम रहने मन्त्रालय

१, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
२, अर्थ तथा योजना मन्त्रालय
३, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय
४, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
५, कृषि, सहकारी र भूमि व्यवस्था मन्त्रालय
६, गृह मन्त्रालय
७, जलस्रोत तथा उर्जा मन्त्रालय
८, परराष्ट्र मन्त्रालय
९, पर्यटन तथा संस्कृति मन्त्रालय
१०, भौतिक पूर्वाधार, यातायात तथा नागरिक उड्डयन मन्त्रालय
११, महिला, समावेशीकरण तथा सामाजिक न्याय मन्त्रालय
१२, मानव संसाधन, युवा, श्रम तथा रोजगार मन्त्रालय
१३, रक्षा मन्त्रालय
१४, वन तथा वातावरण मन्त्रालय
१५, शिक्षा खेलुकद तथा विज्ञान प्रविधि मन्त्रालय
१६, सूचना तथा सञ्चार मन्त्रालय
१७, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
१८, स्वास्थ्य मन्त्रालय