Banner News

खल्तीमा मन्त्री हुनेको सूची बोकेर ओली र प्रचण्ड छलफलमा



काठमाडौं १२ फागुन । मन्त्रिपरिषद्ले मन्त्रालयको संख्या निर्धारण गरे पनि सत्तारूढ दल एमाले र माओवादी केन्द्रले मन्त्रीको नाम भने टुंगो लगाउन सकेका छैनन् । मन्त्रीका आकांक्षीको व्यवस्थापन गर्न प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समस्या एको छ । खल्तीमा मन्त्रीको सूची बोकेर दुवै अध्यक्ष छलफलमा छन् । आज पनि दुइटै पार्टीले छलफल गर्दैछन् ।

एमाले र माओवादी दुवै पार्टीले मन्त्री छनोटका लागि अध्यक्षसहितका शीर्ष नेतालाई जिम्मेवारी दिएका छन्। एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आज शीर्ष तहका नेतासँग नामका विषयमा छलफल गर्दैछन् । क्षेत्र, जातसँगै गुटपनि मिलाउनुपर्ने भएकाले छान्न कठिन भएको छ ।

एमालेको शुक्रबार स्थायी समिति बैठकले वरिष्ठ नेताहरूका परामर्शमा प्रधानमन्त्री ओलीलाई नै नाम टुंग्याउने जिम्मेवारी दिएको छ। माओवादीले पनि आफ्नो पार्टीबाट मन्त्री बन्नेहरू छान्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल, नेताहरू नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई दिएको छ। उनीहरूलाई समावेशी, जातीय र क्षेत्रीय सन्तुलन मिलाउने गरी व्यक्ति चयन गर्न जिम्मेवारी दिइएको छ। माओवादीका भागमा सातवटा मन्त्रालय परेको छ।

माओवादीले गृह मन्त्रालय पाउने करिब निश्चित छ। त्यसैले त्यो मन्त्रालयमा को जाने भन्नेमा मुख्य नेताहरूबीच हानथाप छ। माओवादीले प्रदेश अनुसारको सूची बनाएपछि त्यसबाट छोटो सूची बनाउन सकेको छैन ।न ।ेपालपाटी