Banner News

प्रधानमन्त्री केपी शर्मा ओली सग एमाले मन्त्रीको सूची ,सूचीमा को को ?



काठमाडौ १४ फागुन,। सरकारले नयाँ मन्त्रीको सपथका लागि सोमबार दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा समय मागेको छ । माओवादीबाट मन्त्री बन्ने नेताहरुको सूची बाहिर आइसकेको छ ।

तर, एमालेबाट मन्त्री बन्ने नेताहरुको सूची पत्तो छैन । स्रोतका अनुसार अहिलेसम्म त्यो सूची प्रधानमन्त्री केपी शर्मा ओली बाहेक अरु कसैलाई थाहा छैन । पार्टीका शिर्ष नेता समेत त्यो सूची बारेमा बेखबर छन् । एमालेमा सबैभन्दा बढी अर्थमन्त्रालयको विवाद छ । अर्थमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव बिष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली र पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको दाबी छ । तर, ओलीले डा.युवराज खतिवडालाई बनाउन चाहेका छन् । योजना आयोगका पूर्व उपाध्यक्ष खतिवडापछि दोस्रो रोजाईमा सचिव ज्ञवाली छन् ।

स्रोतका अनुसार आइतबार साँझ ओली महासचिव पोखरेललाई मनाउन सल्लाहकार बिष्णु रिमाललाई पोखरेल निवास पठाएका थिए । महासचिव पोखरेललाई कुनै शक्तिशाली मन्त्रालय दिएर अर्थमा प्रदीप अथवा युवराज बनाउने ओलीको योजना छ । प्रधानमन्त्री ओली निकट स्रोतका सोमबार महासचिव पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई र रवीन्द्र अधिकारी मन्त्री बन्ने भएका छन् । रघुवीर महासेठ, हृदयश त्रिपाठी र नारदमुनि रानाको पनि सम्भावना छ ।नयापेज ।