Banner News

डा खतिवडा अर्थमन्त्री बन्नुका भित्री पाटा यस्ता छन



काठमाडौ,१६ फागुन । आजै सानो आकारको सरकार बन्दैछ । अर्थमन्त्री महासचिव ईश्वर पोखरेल बन्ने पक्का भएको छ’ सोमबार दोस्रो पटक सरकार विस्तार गर्दा प्रधानमन्त्री केपी शर्मा ओली निकटका एक नेताले नेपालपार्टीसँग भनेका थिए । त्यसअघि प्रधानमन्त्री ओलीका किचेन क्याविनेटका सदस्य मानिने प्रदीप ज्ञवालीका विषयमा पनि पक्कापक्की खबर अर्का नेताले सुनाएका थिए । तर, ओलीको हवाला दिँदै आएका विचार र सबै अनुमान फेल खुवाउँदै प्रधानमन्त्री ओलीले अर्थविद् डा। युवराज खतिवडालाई पार्टी पदाधिकारीकै नेताको हैसियत बाराबरमा अर्थमन्त्री मन्त्रालयको बागडोर जिम्मा लगाए ।

पहिलो पटकको प्रयासमा खतिवडालाई अर्थमन्त्री बनाउन नसकिने भएपछि ओलीले विष्णु पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिएका थिए । अहिले तीनै सचिव पौडेलको भूमिकामा खतिवडा अर्थमन्त्री बनेको स्रोतको दावी छ ।

प्रधानमन्त्री ओलीका तीन मुख्य विश्वासिला पात्र शंकर पोखरेल, विष्णु पौडेल र प्रदीप ज्ञवाली तीनै जनाले अघिल्लो सरकारमा पनि अर्थ मन्त्रालयमा दावी गरेका थिए । ओलीको निकट रहेका महासचिव पोखरेल पनि अर्थ मन्त्री बनाइ पाऊ भन्दै ओली समक्ष विन्ति भाउ गरि नै रहेका थिए । शंकर पोखरेल प्रदेशको मुख्यमन्त्री हुनेगरि प्रदेश चुनावमा गएपछि त्यसको दौडमा ओली निकटका बाँकी तीन जना पात्र मात्रै थिए । ती तीनै जना मध्ये पौडेलको सल्लाहमा मात्रै ओलीले खतिवडालाई अर्थमन्त्री बनाएपछि पार्टी भित्र चर्को बहस सुरु भएको छ । नेता ज्ञवाली ओलीसँग असन्तुष्ट छन् ।

खतिवडा नै किन रोजिए ?

पहिलो पटक प्रधानमन्त्री हुँदा एमाले अध्यक्ष ओलीले डा खतिवडालाई मन्त्री बनाउन चाहेका थिए । तर, उनी व्यवस्थापिका संसदको सदस्य नभएका कारण उनले सकेनन । कुनै एक जना सांसदलाई पदबाट राजीनामा गर्न लगाएर उनलाई सांसद बनाउने र त्यहीबाटोबाट अर्थ मन्त्री बनाउने योजना रहेका थियो । प्रधानमन्त्रीमा नियुक्त भएको भोलिपल्ट ओलीले तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई फोन गरि राय मागेका थिए ।

‘संविधानको वर्तमान अवस्थामा संसदको कुनै एक सदस्यलाई राजीनामा गर्न लगाएर अर्को व्यक्तिलाई बनाउन मिल्छ की मिल्दैन रु’ ओलीले श्रेष्ठलाई राय माग्ने क्रममा प्रश्न सोधेका थिए । जवाफमा श्रेष्ठले यो संविधानले कुनै त्यस्तो ठाउँ नराखेको भन्दै नसकिने राय दिए । राय दिने क्रममा तत्कालिन प्रधानन्यायाधीश श्रेष्ठले भनेका थिए ‘सुन्दा यस्तो अप्रिय शब्द त नभनेको भए पनि हुने हो तर एक जना मात्रै होइन प्रधानन्मन्त्रीज्यू गाडीमा गइरहेका बेला एक सय जना सांसदको दुर्घटनामा परेर निधन भएपनि यो संविधान अनुसार संसदको सदस्य नयाँ बनाउन मिल्दैन ।’

त्यसपछि खतिवडालाई मन्त्री बनाउने योजना असफल भएको थियो । पछि ओलीले मन्त्री कै हैसियतमा उनलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाएका थिए । त्यसअघि र पछिका सबै उपाध्यक्ष राज्यमन्त्री हैसियतमा भएपनि खतिवडा मात्रै मन्त्रीको हैसियतमा योजना आयोगको उपाध्यक्ष बनेका थिए । त्यो कुरा पार्टीमा समेत अहिलेसम्म गोप्य नै राखिएको छ । अर्थमन्त्री बनाउने बिहान एमाले नेता माधवकुमार नेपालले राज्यमन्त्री बनाउन प्रस्ताव गरेपछि ओलीले खोलेका थिए ।

यसपटक कसरी सम्भव भयो ?

पहिलो पटकको प्रयासमा खतिवडालाई अर्थमन्त्री बनाउन नसकिने भएपछि ओलीले विष्णु पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिएका थिए । अहिले तीनै सचिव पौडेलको भूमिकामा खतिवडा अर्थमन्त्री बनेको स्रोतको दावी छ । समग्र अर्थनीतिका विज्ञका रुपमा चिनिएका खतिवडा अहिलेसम्म संघीय संसदको सदस्य भइसकेका छैनन् । राष्ट्रिय सभा सदस्यमा मनोनित भएका उनको सपथ रोक्न सर्बोच्च अदालतले आदेश दिएको छ । अर्थमन्त्रीका रुपमा उनले सपथ लिएर जिम्मेवारी सम्हालिसकेका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो दुईवटा मक्सत पुरा गर्न खतिवडालाई अर्थमन्त्री बनाएको विगतका घटनाक्रमले पनि पुष्टि गरेका छन् । पहिलो तीव्र विकासको आकांक्षा पुरा गर्ने, दोस्रो आन्तरिक रुपमा आफ्ना लागि आर्थिक जोहो गर्न । ओलीको दोस्रो आकांक्षा पुरा गर्न यसअघि पनि खतिवडाले आन्तरिक रुपमा काम गरेको एमालेका एक नेताको दावी छ ।

सचिव विष्णु पौडेल, राजनीतिक सल्लाहकार विष्णु रिमाल र खतिवडाले ओलीको आर्थिक ब्यवस्थापनमा सहयोग गरिरहेका थिए । एमाले महासचिव पोखरेल, उपमहासचिव पौडेल र सचिव ज्ञवाली तीन जनाले अर्थमन्त्री दावी गरेपनि ओली गुटबाट यसपटक ज्ञवालीलाई अर्थमन्त्री बनाउने सहमति भएको थियो । पौडेल अघिल्लो कार्यकालमा गएकाले यसपटक नजाने र ज्ञवालीलाई पठाउने ओलीको रसुवा भ्रमणको निचोड थियो ।

ओलीको दुतका रुपमा डा खतिवडा प्रधानमन्त्री बन्नुअघि गोप्य रुपमा चीन गएका थिए । चीन गएको कुरा एमाले नेताहरुले भारतीय दुवातासबाट जानकारी पाएका थिए ।

तर महासचिव पोखरेलले ज्ञवालीलाई अर्थमन्त्री बन्न नदिन ओलीलाई घेराबन्दीमा पारे । उपमहासचिव पौडेल समेत ज्ञवालीको विपक्षमा उभिए । आफु अर्थमन्त्री बन्न नपाउने भएपछि बोलकोटमा भएको गोप्य बैठकमा ज्ञवालीले विज्ञका हिसावले सुरेन्द्र पाण्डेलाई बनाउन प्रस्ताव गरेका थिए । ‘मेरो नाममा पहिला नै सहमति भएको हो ’ ज्ञवालीको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘यदि म अर्थमन्त्री बन्न नपाउने हो भने ईश्वर कमरेड होइन सुरेन्द्र कमरेडलाई बनउनुपर्छ ।’

स्रोतका अनुसार त्यसमा ओलीले कुनै प्रतिक्रिया दिएका थिएनन । अहिले त्यसको जवाफका रुपमा उनले अर्थमन्त्रीमा खतिवडालाई उभ्याएका छन् । अर्थमन्त्रीको अन्तिम टुंगो लगाउने क्रममा प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल राती महासचिव ईश्वर पोखरेलको घरमा पुगेका थिए ।

ओलीको क्रमभंग कि खतिवडाको छलाङ  ?

खतिवडा अर्थमन्त्री बन्नुमा ओलीको क्रमभंग र खतिवडाको छलाङ दुईटै हिसावले ब्याख्या गर्नेहरु देखिएका छन् । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नरका रुपमा र राष्ट्रिय योजना आयोगमा समेत सफलतापूर्वक भूमिका निर्वाह गरेको मानिएकाले उनीमाथि आशाका दृष्टिले हेर्नेहरु पनि छन् । महत्वकाक्षी खतिवडाले छलाङ मारेकोमा दुई मत छैन । ओलीले क्रमभंग गर्न खतिवडा रोजेका हुन त रु त्यसमा भने शंका गर्ने आधारहरु प्रसस्तै देखिन्छन् ।

ओली पार्टी अध्यक्ष बने देखि नै खतिवडा माधवकुमार नेपालको क्याम्प छाडेर उनीसँग नजिकिएका हुन् । जिल्ला एउटै भएपनि त्यसअघि उनी नेता नेपालको नजिक थिए । शक्तिको आडमा उच्च पदमा पुग्न जस्तो सुकै कदम चाल्न तयार रहने खतिवडामा निकै महत्वकांक्षा रहेको उनका सहकर्मीहरु बताउछन् । ‘मेरो लक्ष्य भारतका प्रधानमन्त्री मनमोहन सिंहको नीति र बाटा पछयाउने हो ’ नेपाल राष्ट्र बैंकको गर्भनर भएका बेला खतिवडाले सहकर्मी अर्थविद्हरुसँग भन्ने गरेका थिए । भारतीय पूर्व प्रधानमन्त्री सिंह अर्थविद्को हैसियतमा अर्थमन्त्री हुँदै प्रधानमन्त्रीसम्म भएका थिए । अर्थमन्त्री खतिवडाको त्यति बेलाको भनाई र अहिले ओलीले दिएको जिम्मेवारी त्यही बाटोमा छ त रु भित्री कोठे गफमा बहसको विषय बनेको छ ।

यसरी तयार गरियो पृष्ठभूमि
अघिल्लो कार्यकालमा खतिवडालाई अर्थ राज्यमन्त्री पनि बनाउन नसकेका ओली यसपटक अर्थ मन्त्रालयमा पुर्याउन चुनाव अघि नै तयारी गरिरहेका थिए । पार्टीको आर्थिक नीति बनाउने जिम्मेवारी सुम्पिनु त्यसै प्रमाणका रुपमा रहेको ओली निकटका एक नेताको विश्लेषण छ । पार्टी महासचिवलाई समेत तल्लो हैसियतमा राखेर अर्थमन्त्री खतिवडालाई अकस्मात त्यो जिम्मेवारीमा ल्याइएको होइन । सरकार गठन हुनु अगाडि ओलीले चिनमा भएको अतिमहत्वपूर्ण बैठकमा आफ्नो प्रतिनीधिका रुपमा खतिवडालाई गोप्य रुपमा पठाएका थिए ।

चिनियाँ राष्ट्रपति सि जिङ पिङले ‘वेइटिङ’ प्रधानमन्त्रीका रुपमा एमाले अध्यक्ष ओलीलाई अर्थनीतिका विषयमा हुने छलफलमा बोलाएका थिए । चिनियाँ राष्ट्रपति सीले सबै राष्ट्रपति तथा प्रधानमन्त्रीलाई बेइजिङ बोलाएका थिए । त्यसक्रममा एमाले अध्यक्ष ओलीलाई पनि निम्ता थियो ।

पार्टीभित्र जाने की नजाने भन्ने छलफल भएपछि प्रधानमन्त्री हुने तयारीमा रहेका बेला चीन जाँदा दक्षिणको छिमेकीलाई नराम्रो असर पर्ने भन्दै पार्टीमा नजाने निस्कर्ष निस्कियो । तर ओलीले पार्टीमा छलफल समेत नगरि गोप्य रुपमा आफ्नो प्रतिनीधिका रुपमा खतिवडालाई चीन पठाएका थिए । एमाले नेता माधवकुमार नेपाल लगायतका नेताहरुले खतिवडा फर्केको केही समयपछि मात्रै जानकारी पाएका थिए । यसलाई खतिवडालाई अर्थमन्त्री बनाउने ओलीको पूर्व योजनाका रुपमा लिइएको छ ।

भारतको प्रस्तावमा खतिवडा 

एमालेका एक उच्च तहका नेताले खतिवडा ओलीको बलबुताले मात्रै नभई भारतको दवावमा अर्थमन्त्री भएको दावी गरेका छन् । नेपालपार्टीसँगको कुराकानीमा ओली निकटका ती नेताले खतिवडालाई अर्थमन्त्री बनाउन भारतको उच्चतहबाट प्रयास भएको दावी गरे । यसअघि एमाले नेता शंकर पोखरेलले ओली प्रधानमन्त्री भएका बेला फास्टट्रयाक भारतलाई दिने की नदिने भन्ने गोप्य छलफलमा एमाले निकटका अर्थविद्हरुलाई गोप्य रुपमा बोलाएर राय लिएका थिए ।

नेपालले अदालतको आदेश सपथ रोक्नु रहेको भन्दै अहिले मन्त्री बनाउन नहुने तर्क गरेका थिए । तर ओलीले अदालतलाई नै चुनौती दिन अर्थमन्त्री बनाउन लागेको जवाफ फर्काए ।

करिब १५ जना विज्ञसहभागि छलफलमा खतिवडाले फास्टट्रयाक भारतलाई नदिए बन्न नसक्ने ठोकुवा गरेका थिए । उनलाई डा। गोविन्द नेपालले साथ दिएका थिए । कांग्रेस भित्र विमलेन्द्र नीधिको लविङलाई समेत स्व। सुशील कोइराला, रामचन्द्र पौडेलले निस्कृय पारेका बेला खतिवडा निधीभन्दा चर्को रुपमा उभिएका थिए । ‘खतिवडा भारतको पक्षमा यसरी किन उभिए भन्ने ठूलो बहसको विषय बनेको थियो ’ एक नेताले भने, ‘अर्थमन्त्री बन्ने पृष्ठभूमीमा त्यो भनाई आएको रहेछ अहिले पुष्टि भएको छ ।’ भारतीय विदेशमन्त्री शुष्मा स्वराज नेपाल आउदा अर्थ र रक्षामा चसो राखेकी थिइन । ओलीको विशेष दुतका रुपमा चीन गएको विषय पनि एमाले नेताहरुले भारतीय दुतावासबाट पाएका थिए ।

खतिवडाको विज्ञता र राजनीति जोडेर सामाजिक सञ्जालमा अहिले बहस चलिरहेको छ । खतिवडा अर्थमन्त्री ‘जीवनभर नेता बनेर हिँड्ने मान्छेका लागि अपमान’ हो भन्नेहरु छन् ।‘अर्थतन्त्र विग्रीएका बेला ओलीको रोजाई ठीक हो’ भन्नेहरु पनि देखिएका छन् । आश्चर्यको विषय चै पूर्व राजावादी अर्थविद् र अर्थमन्त्रीहरुले भने खतिवडा अर्थमन्त्री भएको खुसीयाली सामाजिक सञ्जालमा मनाइरहेका छन् । पूर्व अर्थमन्त्री प्रकाशचन्द्र लोहनी, अर्थविद् सुशील पन्त लगायतकाले निकै प्रसंसा गरेका छन् । तर, डा। खतिवडाको अर्थमन्त्रालयमा आगमनले ओलीले अब ‘नेता’ बन्ने योग्यता बदलिदिएको र पार्टी भित्रका नेताहरुको अपमान गरेको एमाले भित्र चर्चा भइरहेको छ ।

माधव नेपालभन्दा पहिला प्रचण्डलाई जानकारी
सोमबार बिहान अध्यक्ष ओलीले माधवकुमार नेपाललाई छलफलका लागि बालुवाटार बोलाए । उनको प्रस्ताव थियो ‘मन्त्रीको नामका विषयमा छलफल गर्नुपर्ने भयो तपाई तत्काल बालुवाटार आउनु होला ।’ नेपाल ४५ मिनेटमा बालुवाटार पुगे । उनी पुग्दा नपुग्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माओवादीका तर्फबाट मन्त्री हुनेको सूची बोकेर बालुवाटार छिरेका थिए ।

प्रधानमन्त्री ओलीको प्रस्तावमा चारजनालाई मात्रै मन्त्रिपरिषदमा पठाउने निर्णय भयो । तर खतिवडालाई अर्थमन्त्री बनाउने कुरा नेपालले प्रचण्डबाट जानकारी पाएका थिए । नेपालले अदालतको आदेश सपथ रोक्नु रहेको भन्दै अहिले मन्त्री बनाउन नहुने तर्क गरेका थिए । तर ओलीले अदालतलाई नै चुनौती दिन अर्थमन्त्री बनाउन लागेको जवाफ फर्काए । बनाउनै पर्ने अवस्था आए राज्यमन्त्री बनाउन नेपालको प्रस्ताव थियो । तर अर्थमन्त्री बनाउन पहिला नै पूर्ण तयारी मिलाइसकेका ओलीले नेपालको प्रस्ताव मानेनन् र खतिवडालाई नै अर्थमन्त्री बनाए । नेता नेपाल त्यसको विरोधमा सपथग्रहण समारोहमा सहभागी भएनन् । नेपालपाटीबाट