Banner News

पाकिस्तानी प्रधानमन्त्री अब्बासी आज आउँदै



काठमाण्डौ २१ फनगुन । पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन अब्बासी दुईदिने भ्रमणका लागि सोमबार आज नेपाल आउँदै छन् । उनी दिउँसो पाकिस्तान एयरलायन्सको विमानबाट नेपाल आउन लागेका हुन् ।

दुईदिने राजकीय भ्रमणमा नेपाल आउन लागेका पाकिस्तानी प्रधानमन्त्री अब्बासीको सम्मानमा सैनिक मञ्च टुँडिखेलमा ‘गार्ड अफ अनर’ प्रदान गरिनेछ । उनलाई साँझ पाँच बजे सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाको टुकडीले सलामी अर्पण गर्ने कार्यक्रम तय भएको छ ।

यसअघि नेपाल भ्रमणमा आउने अति विशिष्ट पाउनालाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षबाहिर ‘राजकीय सम्मान’ स्वरूप सलामी अर्पण गरिँदै आएको थियो । यसपटक सो परम्परा तोडिने भएको छ ।

यसअघि नेपाल आउने पाउनाको स्वागतमा समान हैसियतका उच्च अधिकारी विमानस्थलमा पुगेर स्वागत गर्ने प्रचलन थियो । सलामी अर्पण गर्ने स्थान नै विमानस्थलमा बनाइँदा प्रधानमन्त्री_राष्ट्रपति नै विमानस्थलमा पुग्दै आएका थिए । अब यो परम्परा तोडिने भएको छ । यसपटक विमानस्थलमा अब्बासीको स्वागतमा मन्त्री पठाउने तयारी भएको छ ।

राजकीय सम्मानपछि अब्बासीले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । बालुवाटारमा नेपाल र पाकिस्तानबीच प्रधानमन्त्रीस्तरीय छलफल हुनेछ ।

छलफलमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, सार्कको स्थगित शिखर सम्मेलन, विकासका क्षेत्रमा हुन सक्ने साझेदारीका विषयमा छलफल हुने बताइएको छ । ३ फागुनमा ४१औं प्रधानमन्त्रीका रूपमा शपथ लिएका ओलीलाई बधाई दिन पाकिस्तानी प्रधानमन्त्री अब्बासी नेपाल आउन लागेका हुन् ।

पाकिस्तानी प्रधानमन्त्री अब्बासीले प्रधानमन्त्री ओलीलाई भेटेरै बधाई दिने इच्छा देखाएपछि नेपालले उनको भ्रमणको प्रबन्ध मिलाएको हो । नेपालले शुक्रबार मात्र पाकिस्तानी प्रधानमन्त्रीलाई नेपाल भ्रमणका लागि औपचारिक रूपमा निम्तो दिएको थियो ।

पाकिस्तानका लागि नेपालका राजदूत सेवा लम्साल अधिकारीले शुक्रबार पाकिस्तानका प्रधानमन्त्री अब्बासीलाई भेटेर नेपाल भ्रमणको निम्तो दिएकी थिइन् । उनले नेपाल सरकार र नेपालीले पाकिस्तानका प्रधानमन्त्रीलाई स्वागत गर्न तयार रहेको जानकारी गराएसँगै पाकिस्तानले आफ्ना प्रधानमन्त्रीको नेपाल भ्रमणको तयारी सुरु गरेको थियो ।

छोटो समयमा नै तय भएको भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने विषयमा छलफल हुने पाकिस्तान सरकारले जनाएको छ । राजदूत लम्सालले पाकिस्तानका प्रधानमन्त्री अब्बासीसँगको भेटमा दुई देशबीचको साझा स्वार्थ र आपसी सम्बन्धका विषयमा चर्चा गरेकी थिइन् ।

नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री अब्बासीले नेपाली समकक्षीलाई प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिने तथा प्रजातान्त्रिक प्रक्रियाको सफलताको शुभकामना दिने पाकिस्तानी परराष्ट्र मन्त्रालयले जनाएको छ । मंगलबार बिहान ९ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग उनको शिष्टाचार भेट हुने कार्यक्रम तय भएको छ । भ्रमणका क्रममा राष्ट्रपति र प्रधानमन्त्रीबाहके अन्यसँग भेटघाटको औपचारिक तालिका सार्वजनिक भएको छैन ।

प्रधानमन्त्रीको भ्रमणले दुई देशबीचको द्विपक्षीय सम्बन्ध थप विस्तारका लागि नयाँ अवसर प्रदान गर्ने समेत पाकिस्तानको परराष्ट्र मन्त्रालयले वक्तव्य जारी गर्दै जनाएको छ । त्यस्तै, भ्रमणका क्रममा दुई देशबीच व्यापार, शिक्षा, पर्यटन, रक्षालगायतका क्षेत्रमा आपसी सहयोगका विषयमा समेत छलफल हुने पाकिस्तानी दूतावासले जनाएको छ । साथै भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध जनस्तरमा विस्तार गर्ने विषयमा समेत छलफल हुने बताइएको छ ।

‘यसका अलावा सार्कलाई एक सशक्त क्षेत्रीय संगठनका रूपमा अगाडि बढाउने उपायहरूका विषयमा समेत छलफल हुनेछ,’ पाकिस्तानको परराष्ट्र मन्त्रालयले अगाडि भनेको छ, ‘द्विपक्षीय तथा पहुपक्षीय मञ्चहरूमा एकअर्कालाई सहयोग गर्ने विषयमा समेत छलफल हुनेछ ।’

पाकिस्तान सरकारले प्रधानमन्त्रीको भ्रमणलाई दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउने प्रयासका रूपमा समेत लिएको छ । ‘ प्रधानमन्त्री सोमबार दुईदिने नेपाल भ्रमणमा जानुहुनेछ, यो भ्रमण पकिस्तानको क्षेत्रीय देशहरूसँगको सम्बन्धलाई निरन्तरता र अगाडि बढाउने सक्रिय प्रयासको एउटा हिस्सा हो,’ पाकिस्तान सरकारको आधिकारिक ट्विटरमा उल्लेख छ । नेपालको परराष्ट्र मन्त्रालयले पनि आइतबार नै अब्बासीको भ्रमणबारे औपचारिक रूपमा जानकारी गराएको छ । भ्रमण सकेर उनी मंगलबार मध्याह्न १२ बजे स्वदेश फर्किनेछन् ।

भ्रमणका क्रममा राष्ट्रपति र प्रधानमन्त्रीबाहके अन्यसँग भेटघाटको औपचारिक तालिका सार्वजनिक भएको छैन । प्रधानमन्त्रीको भ्रमणले दुई देशबीचको द्विपक्षीय सम्बन्ध थप विस्तारका लागि नयाँ अवसर प्रदान गर्ने समेत पाकिस्तानको परराष्ट्र मन्त्रालयले वक्तव्य जारी गर्दै जनाएको छ । त्यस्तै, भ्रमणका क्रममा दुई देशबीच व्यापार, शिक्षा, पर्यटन, रक्षालगायतका क्षेत्रमा आपसी सहयोगका विषयमा समेत छलफल हुने पाकिस्तानी दूतावासले जनाएको छ । साथै भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध जनस्तरमा विस्तार गर्ने विषयमा समेत छलफल हुने बताइएको छ ।
‘यसका अलावा सार्कलाई एक सशक्त क्षेत्रीय संगठनका रूपमा अगाडि बढाउने उपायहरूका विषयमा समेत छलफल हुनेछ,’ पाकिस्तानको परराष्ट्र मन्त्रालयले अगाडि भनेको छ, ‘द्विपक्षीय तथा पहुपक्षीय मञ्चहरूमा एकअर्कालाई सहयोग गर्ने विषयमा समेत छलफल हुनेछ ।’
पाकिस्तान सरकारले प्रधानमन्त्रीको भ्रमणलाई दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउने प्रयासका रूपमा समेत लिएको छ । ‘ प्रधानमन्त्री सोमबार दुईदिने नेपाल भ्रमणमा जानुहुनेछ, यो भ्रमण पकिस्तानको क्षेत्रीय देशहरूसँगको सम्बन्धलाई निरन्तरता र अगाडि बढाउने सक्रिय प्रयासको एउटा हिस्सा हो,’ पाकिस्तान सरकारको आधिकारिक ट्विटरमा उल्लेख छ ।
नेपालको परराष्ट्र मन्त्रालयले पनि आइतबार नै अब्बासीको भ्रमणबारे औपचारिक रूपमा जानकारी गराएको छ । भ्रमण सकेर उनी मंगलबार मध्याह्न १२ बजे स्वदेश फर्किनेछन् ।राजधानी बाट ।