Banner News

गरे सम्भव छ हुन्छ भन्ने नाराका साथहनुमन्ते सरसफाई अभियानको दोस्रो साता



भक्तपुर २६फागुन । । स्वच्छ वातावरण, सुन्दर भक्तपुर वनाउने उद्घोषका साथ थालिएको हनुमन्ते नदी सफाई अभियानको आज दोस्रो हप्ता भव्य रुपमा सफल बनाउँदै १२ गाडी फोहोर फालिएको छ ।

नेपालका प्रख्यात गायिका तथा माननीय सांसद कमल वलीको प्रमुख आतिथ्यमा भएको आजको दोस्रो हप्तामा प्रदेशसभाका सदस्य, विभिन्न नगरपालिकाका मेयर, उपमेयर, विभिन्न राजनैतिक दलका नेता, कार्यकर्ता, स्थानिय जनप्रतिनिधि, आम नागरिक, संघ संस्थाका प्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थी, स्थानीय सरोकारवालहरुको उल्लासमय उपस्थिती रहेको थियो ।

कार्यक्रमको उद्घाटन सत्रमा सांसद तथा गायिका कोमल वलीले अभियानको सफताको शुभकामना व्यक्त गर्दै सफाई अभियाको लागि गित गाएर आजको अभियान शुरु भएको थियो । सांसद वलीले आगामी दिनमा आफुले गर्नुपर्ने तथा गर्न सक्ने जस्तोसुकै सहयोग गर्न तयार रहेको र त्यसमा सम्पूर्ण भक्तपुरवासी नागरिकलाई लागि पर्न आग्रह समेत गरेकी छिन् ।

गरे सम्भव छ हुन्छ नगरे केही हुन्न भन्ने मुख्य मान्यतालाई आत्मासाथ गर्दै हनुमन्ते नदी सरसफाई अभियान १०० हप्ता संचालन गर्ने र यो समयावधिमा नदीलाई स्वस्छ र हराभरा वनाई आउने पुस्ताले नदीमा नुहाउन, पौडी खेल्न पाउने गरी सफाई अभियान संचालन गरिएको आयोजकले जनाएको छ । पछिल्लो समय हनुमन्ते नदी हनुमन्ते नभई ढलमन्ते र फोहोरमन्ते भएकाले भक्तपुरको हराभरा वातवरण विग्रीएको र भक्तपुरमा आउने स्वदेशी तथा विदेशी पर्यटकहरु आकर्षण घटेका कारण आर्थिक उन्नती सोचे अनुसारको हुन नसकेको साथै फोहोरका कारण मानवको आयु समेत घट्दो दरमा भएको र आगामी दिनमा यसलाई न्युनिकरण गर्नेमा सम्पूर्ण भक्तपुरका निर्वाचित प्रतिनिधि, आम नागरिक त्यसमा सचेत हुँदै हनुमन्ते नदी सरसफाई अभियान संचालन भएको स्थानीय निर्वाचित जनप्रतिनिधिहरुले वताएका छन् ।