Banner News

युएस बंगलाको विमान दुर्घटनाः १४ घाइतेको उद्धार ,करिव ५० जनाको मृत्यु भएको प्रहरीको आशंका



काठमाडौं २८ फागुन । त्रिभुवन विमानस्थलमा अवतरण गर्दा युएस बंगलाको विमान दुर्घटना भएको विमानबाट १४ घाइतेको उद्धार गरिएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको विमानमा चालक दलका सदस्यसहित ७१ जना रहेको खुलेको छ ।

बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएको हो ।विमानमा रहेका १४ जनाको उद्धार गरिएको र विमानमा लागेको आगो नियन्त्रणमा दिने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार दुर्घटनामा परेको विमानमा ६७ यात्रु र चार चालक दलका सदस्य गरी ७१ जना थिए । करिव ५० जनाको मृत्यु भएको प्रहरिको आशंका ।

धावनमार्गमा जहाज चिप्लिएर दुर्घटनामा परेको भनिएको छ । घाइतेहरुलाई उपचारका लागि काठमाडौंका विभिन्न अस्पतालमा लगिएको छ ।