काठमाडौ १ चैत्र । एकदिवसीय आइसिसि विश्वकप छनोट क्रिकेट प्रतियोगिताको प्लेअफमा नेपाल ६ विकेटले विजयी भएको छ ।
पपुवा न्यूगिनीले दिएको १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरको खेलमा २३ ओभर खेल्दै ६ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो ।
यस अघि पहिला टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले ५० ओभरको खेलमा २७ दशमलव २ ओभर खेल्दै सबै विकेट गुमाएर ११४ रन बनाएको थियो ।
पपुवा न्युगिनीलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान ४र४ विकेट लिएका थिए । त्यस्तै करण केसी र सोमपाल कामीले एकएक विकेट लिएका थिए ।
प्रतिक्रिया दिनुहोस्