Banner News

सिंहदरबारमा सातै प्रदेशका मुख्यमन्त्री, प्रधानमन्त्री केपी शर्मा ओली सग छलफल मा



काठमाडौं ७ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सातै प्रदेशका मुख्यमन्त्रीसँग सामूहिक छलफल गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबीच छलफल भएको हो ।

प्रदेश सरकारले काम नपाएको गुनासो आइरहेको बेला प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुसँग छलफल गरेका हुन् । प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुसँगको छलफलमा प्रदेश सरकार सञ्चालनका कठीनाई, समस्या र केन्द्रले गर्नुपर्ने सहयोगमा विषयमा धारणा राखेका थिए ।
काम नपाएकै कारण प्रदेश सरकारका मन्त्री र प्रदेश सांसद प्रदेश राजधानीमा भन्दा काठमाडौंमा बढी समय बिताउँदै आएका छन् ।
मुख्यमन्त्री र मन्त्रीले गाडीमा झण्डासमेत हाल्न पाएका छैनन् । कतिपय प्रदेश मन्त्रीलाई दिने गाडीसमेत दिइएको छैनन् ।

छलफलमा केन्द्र सरकारका मन्त्री, प्रदेश सचिव र प्रदेशका मुख्य न्यायाधिवक्ताहरु पनि उपस्थित रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।