Banner News

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा अर्याल र जनसम्पर्कमा मैनाली नियुक्त



काठमाडौ १२ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकार र जनसम्पर्क सल्लाहकारहरु नियुक्त भएका छन् । प्रधानमन्त्री ओलीको सल्लाहकारमा अच्युत मैनाली र कुन्दन अर्याल नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अच्युत मैनालीलाई जनसम्पर्क सल्लाहकार तथा कुन्दन अर्याललाई प्रेस सल्लाहकारमा नियुक्त गरेको हो ।

नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषदको सदस्य रहेका मैनालीले नेपाल ल क्याम्पसबाट बीएल र ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजबाट राजनीति शास्त्रमा स्नात्तकोत्तर गरेका छन् ।
त्यस्तै प्रेस सल्लाहकारमा नियुक्त कुन्दन अर्याल त्रिभुवन विश्वविद्यालय पत्रकारिता केन्द्रीय विभागमा उप–प्राध्यापक हुन् ।