काठमाडौ,१६ चैत्र । अर्थतन्त्रको वर्तमान अवस्थाको चित्रण गर्दै आगामी दिनमा नयाँ सरकारले गर्ने कामको सम्बन्धमा स्वेत पत्रमा उल्लेख गरिएको अर्थमन्त्रालयले जनाएको छ ।
दिउँसो ३ बजे बजे अर्थमन्त्रालयमार्फत सरकारले स्वेत पत्र जारी गर्न लागेको हो । स्वेत पत्रमा वितगको सरकारले मुलुकको अर्थतन्त्रलाई कुन अवस्थामा पु¥याएको थियो भन्ने कुराको यथार्थ चित्रण बाहिर ल्याइनेछ ।
हालको देशको अर्थर्तन्त्रको अवस्था र भविश्यमा चाल्नुपर्ने कदमको स्वेतपत्रमा समावेश गरिनेछ । यसअघिको देउवा सरकारले कतिपय कुरा लुकाएको हुनसक्ने हुँदा नयाँ सरकारले जारी गर्न लागेको स्वेतपत्रमा धेरै कुराहरु खुलस्त पार्ने दावी गरिएको छ ।
मुलुकको अर्थतन्त्र पछिल्लो समय नाजुक बन्दै गईरहेका बेला अर्थमन्त्री डा युवराज खतिवडाले अहिलेको अवस्था र भावी कार्ययोजना समावेश गरेर स्वेतपत्र जारी गर्न लाागेका हुन् ।
आगामी आर्थिक वर्षका लागि बजेट गृहकार्य समेत शुरु गरिसकेको यसलाई कार्यन्वयन गर्न सघाउ पुग्नेगरि स्वेतपत्र जारी गर्न लागिएको अर्थमन्त्रालयले जनाएको छ । जेठ १५ गते वजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाका कारण अर्थमन्त्रालयले आगामी आर्थिक वर्षको बजेट गृहकार्य पनि तिव्र बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्