Banner News

हरेक फोनमा फस्नु होला है आजः सावधान



काठमाडौ,१८ चैत्र । बिहानै आपतकालीन फोन आयो रु विचार गर्नुहोला । त्यो फोन गलत पनि हुनसक्छ । तर कहिलेकाही सही फोन पनि गलत ठान्दा दुर्घटना पनि हुनसक्छ ।

आज अंग्रेजी महिनाको अप्रील एक अर्थात ‘विश्व मुर्ख दिवस। आज विश्वभरी नै मानिसहरूलार्इ मुर्ख बनाएर, झुट बोलेर दुःख दिएर मनार्इन्छ । नेपालमा पनि यो प्रचलन पछिल्लो समय निकै मौलाएको छ ।

आफ्नो परिवारका सदस्य एवं साथि(भार्इलार्इ झुट बोलेर दुःख दिने कार्यहरू नेपालमा पनि हुने गरेका छन् । प्रहरी,एम्बुलेन्स,दमकल लगायतमा फोन गरेर दुःख दिनेहरू पनि पछिल्लो समय आजको दिनमा बढेका छन् ।

यो अप्रिल फूल किन मनाउन थालियो भन्ने विश्वासिला कारणहरु भेटिदैन् । बोस्टन यूनिभरसिटीका प्राध्यापक जोसेफ बस्किनका अनुसार रोमन राज्यमा कन्सटेनटाईनको शाषन रहेका वेला, आजकै दिनमा कैदि एवं अपराधीरुलाई एक दिनका लागी राज्य चलाउन दिईएको थियो । यसै दिनको संभmनामा हरेक वर्ष अप्रिल फूल अर्थात मुर्ख दिवस विश्वभरि मनाउन थालिएको मान्यता छ ।

लगभग यसै समय आसपासमा हिन्दु चन्द्र क्यालेण्डरमा होली, ज्वीस अर्थात यहुदीहरुको क्यालेण्डरमा पुरीम र रोमनहरुको क्यालेण्डरमा अतिस पर्व पर्दछन् । मार्चको मध्यवाट र अप्रिलको प्रथम साता विचमा यी पर्वहरु पर्ने गर्दछन् । बसन्त क्रृतुको आगमनको स्वागतार्थ अप्रिल फूल एउटा महत्पूर्ण दिन हो, हामीमध्य धेरैको संझना अप्रिल फूलसँग जोडिएको हुनसक्छ, हैन र रु

ईतिहास र चलनहरु नियाल्ने हो भने अप्रिल फूलले सन् १७०० पछाडी विश्वब्यापी रुप लियो जब अँग्रेजी हास्य लेखक अनि कलाकारहरुले यसलाई अभिब्यक्त अनि आआफ्ना रचनामा उतार्न थाले । बेलायती, स्पेनिश, पोर्चुगिस अनि नेदरल्याण्डको उपनिवेशको वुद्धि सँगै मान्यता पाँउदै गयो ।

सन् १९५७ मा त बिबिसी ले नै स्वीस किसानहरुले रुखवाटै चाउचाउ टिपेको भिडियो देखाईदिएर आजको दिन संसारलाईनै नयाँ वाली आयो भनि झुक्काएको थियो । विभिन्न सञ्चार माध्यमहरुले पनि आजो दिनमा डर त्रास फैलाउने भन्दा पनि आशालाग्दा भ्रम अनि खबर फैलाएर आजको दिन मनाउदछन् ।

विधालयमा छँदा साथीहरुको पछाडी कागजको पुच्छर जोडिदिने, ट्वाईलेटमा थुनिदिने, ब्याग र कापीहरु लुकाईदिने, पेन भित्रको रिफिल लुकाईदिने, खाली चकलेटको खोलमा मसिनो पत्थर राखेर दुरुस्त चकलेट जस्तो बनाएर बाटोमा छाडिदिने जस्दा धेरै क्रियाकलापहरु गरेका यादहरु पनि छन नि , कि कसो रु

मुर्ख र सज्जन एक्आपसमा वाँझिएका शब्दहरु हुन् । आज मुर्ख दिवस हो , विश्व मुर्ख दिवस् । आत्मसाथ गरौ, कालिदासको ज्ञान अनि काब्यलाई तर स्मरण गरौ उनि पहिले कति मुर्ख थिए भन्ने कुरा । बाल्मीकीलाई संभmना गरौ जो पहिले रत्नाकर डाँकु थिए अनि हामी आफैलाई याद गरौ न ।

बच्चामा गरेका मुर्ख कामहरु लाई, मुर्खपना नराम्रो हैन तर यसवाट सिक्न अनि अगाडी वढ्न जरुरी छ । आज बोलेका झुठ या मुर्ख बनाउने शब्दलाई चोट नपूर्याओस्, मुर्ख वनाउनुहोस तर हसाउन नभुल्नुहोस् । अप्रिल फूल हाउसफूल होस् । नेपालपाटी