Banner News

संस्कार बिर्से छोराछोरीले



संस्कार बिर्से छोराछोरीले

 

बविता ढकाल
काठमाडौ १८ चैत्र । तपाई मध्ये कत्तिले आमालाई आमा र बुवालाई बुवा नै भनेर सम्वोधन गर्नुहुन्छ रु उत्तर सजिलै दिनुहोला । बुवाआमालाई बुवा आमा नभनेर अनि के भन्ने त रु तर शहरमा बुवा आमालाई बुवा–आमा भन्न छाडिएको छ । गाउँमा पनि त्यो सम्वोधन कम हुँदै गएको छ । काठमाडौंको केएमसी स्कूल पढ्न मोरङका ९ बर्षिया रीता निरौला हजुर बुवालाई बुवा भन्छन् हजुरआमालाई आमा । उनी आमालाई मम्मी भन्छन् बुवालाई ड्याडी । उनलाई आफ्नी आमालाई आम भन्न मन पर्दैन । बज्यैलाई बोलाउने सम्वोधन चै आमा हो । किन आमालाई मम्मी बज्यैलाई आमा भनेको नी रु निरौलाले उत्तर दिए ‘मम्मी ड्याडीले नै सिकाएउनु भएको हो । ’

परिवारभित्र गरिने नाता सम्वोधन अहिले संस्कार बनेको छ । स्कूलमा समेत नसिकाउने र साथीभाईले पनि शुद्ध नेपाली सम्वोधन नगर्दा बालवालिकाले बुवाआमा सम्वोधन गर्दैनन । कैलालीका ९हाल काठमाडौं बस्ने० सरस्वती शाही ड्याडी मम्मी नभन्दा पाखे भइने डरले पनि बच्चालाई त्यही सिकाउने गरेको बताउँछिन् ।

शहरमा होस् या गाउँमा अहिले नाता अनुसारको सम्वोधन फेरिएको छ । बाजे बज्यै, काकाकाकी, फुपु फुपाजु, ठूलाबा, ठूलीआमा सम्वोधन कमै सुन्न पाइन्छ । त्यसमा कतै अंग्रेजी शब्द कतै नयाँ आधुनिक शब्द प्रयोगमा ल्याइन्छ । नातामा हामीले सम्बोधन गर्ने यीनै शब्दले नेपाली भाषामा थिखतरा रहेको भाषाविद् हरुको तर्क छ ।

साहित्यकार प्राध्याप डा। विष्णुराज आत्रेय अब आउने पुस्तामा आमाबुवा को हुन हजुर आमा हजुरबुवाको हुन् रु भन्ने समेत बिर्सिने खतरा बढेको बताउछन् । ‘आमालाई मम बुवालाई ड्याड भन्न थालेपछि आमाबुवा त हजुरबुवा आमालाई भन्ने पो रहेछ भन्ने स्थापित हुने खतरा छ ’ उनले भने, यसमा भाषविद्हरुले पनि बहस चलाउनुपर्ने देखिन्छ ।’

पछि बुवाआमा को हुन हजुरबुवा हजुरआमा को हुन् भन्ने वित्तिकै हाम्रो नेपाली लवज हराउँछ । त्यसले हाम्रो संस्कृतीमा असर गर्छ । हामी नेपालीको संस्कार मम ड्याड भन्ने होइन आमाबा नै भन्ने हो । आत्रय भन्छन्, ‘हाम्रो शिक्षानीतिनै कस्तो अचम्मको छ, हामी डग भनेर पढाउँछौं तर गड भनेर पढाउँदैनौं अब डग र क्याट भनेर पढाउँदा उनीहरुको स्वभावपनि पढाइन्छ ।

तीनीहरुको स्वभाव भनेको झगडालु हुन्छ । अब भन्नुस् साना नानीमा कस्तो असर पर्छ रु’ उनकाअनुसार, हाम्रो भाषा र संस्कृतीको जगेर्नाकालागि शिक्षानीतिमा परिवर्तन हुनु पर्छ अब त स्कुलमा अंग्रेजी कक्षाभन्दा बढी नेपाली कक्षा अनिवार्य भइसकेको छ ।

भाषाको परिवार हुन्छ । नेपालमा चार परिवारका लगभग १ सय ४३ भाषा बोलिन्छन् । ती सबै भाषाको मौलिकता कमजोर बन्दै गएको छ । नेपाली भाषाको वर्णविन्यासबारे अहिले पनि भाषविद्ले बहस गरिरहेका छन् । तर नाता शब्दमा बोलिने झर्रो नेपाली शब्द हुँदाहुँदै तिनीहरु विस्थापित हुनुलाई दुर्गभाग्य मान्छन् भाषाविद्हरु । अग्रेजी शब्दकोष, मोटर, रेडियो, टिभी, टेलिफोनलाई नेपालीमा तपाई के भन्नुहुन्छ रु सायद यसको नाम नेपालीमा भाषाशास्त्री वा भाषाविद्ले पनि भन्दैनन ।

सयभन्दा बढी शब्द छन् जो नेपाली नाम शब्दकोषमामात्रै सिमिति छ । घरभित्रगरिने नाता सम्बन्धको सम्वोधनका नेपाली शब्दपनि हराइसकेका छन् । भाषाविद् आत्रय भन्छन्, ‘छोराछोरी पनि टाडिदै गएभने बाआमालाई विर्सन्छन्, त्यस्तै हो भाषापनि जतिआफ्नो भाषा नबोल्यो त्यति नै विर्सदै जान्छ ।’