(बैशाख ५, चितवन) । गृहमन्त्री रामबहादुर थापा बादलले चितवनको शक्तिखोर गाउँका २ चेपाङ र एक दलित बालबालिकालाई विद्यालयमा भर्ना गराइ तीन वालवालिकोको अभिभावक बनेका छन् ।
सरकारले बैशाख २ गतेदेखी शुरु गरेको ‘हामी सवैको इच्छा अनिवार्य निशुल्क शिक्षा’ भन्ने मुख्य नाराका साथ विद्यार्थी भर्ना अभियान अन्तर्गत शक्तिखोर स्थित चतुरमुर्खी माध्यामिक विद्यालयमा आजोजित कार्यक्रममा उनले स्थानीय शहनशिला चेपाङलाई कक्षा तीनमा र अर्जुन चेपाङलाई कक्षा ४ मा तथा अपाङ दलित बालिका अञ्जना विकलाई कक्षा ५ मा भर्ना गराएका हुन् ।
कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले शान्ति सुरक्षामा मन्त्रालयले कुनै कसर बाँकी नराख्ने बताए । उनले स्थानीय क्षेत्रमा सुरक्षामा कुनै कमजोरी भएको देखिएमा केन्द्रबाट हस्तक्षप गरेरै भएपनि सुरक्षा प्रदान गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्