समाचार

पत्रकार पन्थीको पुस्तक कम्पन बिमोचन हुदै



बैशाख ६, काठमाडौं –  पत्रकार किशोर पन्थीले आफ्नो पहिलो पुस्तक कम्पन ल्याउँदैछन् ।

पुस्तक तीन पुर्वप्रधानमन्त्रीले संयुक्त रुपमा वैशाख १० गते विमोचन हुँदैछ । पुस्तकमा २०७२ सालमा गएको विनासकारी भूकम्पपछिका  घटनाक्रमलाई समेटिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नयाँशक्ति पार्टीका संयोजक बाबुराम भट्टराई र नेकपा एमालेका नेता माधव नेपालले संयुक्त रुपमा पुस्तक विमोचन गर्ने तय गरिएको छ ।