समाचार

१३ घण्टा अबरुद्ध त्रिभुवन विमानस्थलमा उडान र अवतरण सुरु



वैशाख ७, काठमाडौं –  १३ घण्टा अबरुद्ध भएको  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  उडान र अवतरण सुरु भएको छ ।

काठमाडौंबाट मलेसिया उड्न लागेको मालिन्दो यरको विमान धावनमार्गबाट चिप्लिएपछि उडान र अवतरण अवरुद्ध भएको थियो ।दुर्घटना हुनबाट जोगिएको विमानलाई तानेर पार्किङस्थलमा ल्याएपछि सबै उडान र अवतरण सुरु भएको हो ।