(बैशाख ७, काठमाडौं) । सरकारले सरकारी विदाहरुको व्यापक कटौति गरेको विरोधमा आदिवासी जनजाती महासंघले सास्ंकृतिक पर्वहरुको विदा कटौतीको विरुद्धमा आन्दोलन गर्दै तुरुन्त निर्णय फिर्ता लिन आग्रह गरेको छ ।
विभिन्न जातीय संघ, संगठनमा आबद्ध नेता, कार्यकर्ताले शुक्रबार काठमाडौंको माईतीघर मण्डलमा प्रर्दशन गर्दै आदिवासी, जनजातिहरुले सांस्कृतिक पर्वहरुको विदा कटौती गर्ने निर्णय फिर्ता लिन माग गर्दै सरकारबिरुद्ध प्रर्दशन सुरु गरेका छन ।
त्यसक्रममा उनीहरुले आफूहरुको सांस्कृतिक पर्वको विदा कटौती गर्ने निर्णय फिर्ता नलिए सरकारबिरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् । उनीहरुले आफूहरुको संस्कृतिको संरक्षण गर्न पनि त्यस्ता पर्वहरुमा दिइदै आएको सार्वजनिक विदा कटौती गर्न नहुने तर्क गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्