शैक्षिक

फेवाताल संरक्षणको लागि केन्द्रिय सरकारसँग सहयोग रकम माग्ने



(बैशाख ७, पोखरा) । नेपालको सुन्दर तथा सवभन्दा ठूलो लेखनाथ महानगरपालिकाले फेवातालको संरक्षणको निम्ती फेवातालको मापदण्डमा परी रोक्का रहेका जग्गा अधिग्रहरण गर्नको निम्ती केन्द्रिय सरकारसँग मुआश्जा वापतको रकम माग गर्ने भएको छ ।

आज वसेको महानगरपालिका कार्यपालिकाको वैठकले सो निर्णय गरेको हो । प्रदेश नं. ४ को मात्र नभई देशकै मुख्य पर्यटकिय स्थलको रुपमा रहेको सो तालको संरक्षण गर्न सकेमा पोखराको मात्र नभई देशको नै आर्थिक स्थितीमा सुधार ल्याउने वताइएको छ । विगत लामो समयदेखि तालको संरक्षण नहुँदा फोहोर तथा ढलले ताललाई पुर्ने कार्य अत्याधिक भइरहेको समयमा त्यहाँका स्थानीय जनप्रतिनिधि तथा प्रदेशसभा सांसदहरुले समेत यसलाई प्रमुखताका साथ कार्य अघि वढाइरहेका छन् ।

त्यस्तै महानगरपालिकाको वैठकले हाल भईरहेको पर्यटन वसपार्क आधुनिक बनाउन कार्ययोजना बनाएर अगाडि बढाउने भएको छ । त्यस्तै महानगरको कार्यलाई चुस्त र दुरुस्त राख्नको निम्ती महानगरभित्र एक महिना भित्रमा सांगठनीक संरचना तयार गर्ने समेत निर्णय गरेको छ ।

त्यस्तै महानगरले महानगरपालिका भित्र विभिन्न स्थानमा रहिरहेको बाटो, खोला खोल्सी, ताल, गुफा लगाएतको मापदण्ड टुङ्याउनको लागि डा। भरत पहारिको नेतृत्वमा एक महिना भित्र प्रतिवेदन तयार गर्नको लागि ५ सदस्यीय समिती गठन गर्ने भएको छ । त्यस्तै पोखराको विभिन्न स्थानमा आकाशे पुल निर्माणको लागि सम्भाब्यता अध्ययन गर्ने भएको छ ।