(बैशाख ७, काठमाडौं) । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यातायात व्यवसायीले आन्दोलन स्थगित गरे आमजनता र सञ्चारमाध्याम समेत खुशी हुने दावी समेत गरे ।
सरकारलाई ज्ञापनपत्र बुझाउन गएका यातायात व्यवसायीहरुलाई मन्त्री महासेठले यातायात व्यवसायलाई कम्पनी ऐन मार्फत् दर्ता र नविकरण गराउने सरकारको निर्णय फिर्ता नहुने प्रष्टयाएका हुन् ।
यता, व्यवसायीहरुले भने सरकारको निर्णय व्यवसायीहरुको हितमा नरहेको भन्दै ज्ञापनपत्रमार्फत तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् । महासंघले सरकारले मध्यम वर्गका व्यवसायीलाई नियन्त्रण गर्ने गरी निर्णय लिएको भन्दै फिर्ता लिन दबाब दिँदै आएका छन् ।
उनीहरुले सो निर्णय फिर्ता नभए देशभर सवारी साधन समेत नचलाउने चेतावनी समेत दिएका छन् ।










प्रतिक्रिया दिनुहोस्