(बैशाख ८, काठमाडौं) । नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामाले सामाजिक सञ्जाल फेसबुक एकाउन्टबाट विना मञ्जुरी फोटो प्रयोग तथा पुरानो फोटो प्रयोग गरी मिडियाले आफ्नो मान हानी गरेको आफ्नो समाजिक सञ्जाल फेसबुकमा जनाएका छन् ।
उनले नागरिक उड्ययनबाट नयाँ नियम पाइलहरुको जहाज भित्र फोटो खिच्न मनाहीलाई आफुले सदैव स्वागत गर्ने बताएका छन् । नेपाल र नेपाली जनताको वलिदानीबाट प्राप्त गरेको कानुन हृदयदेखि नै स्वागत गर्दै त्यसको अक्षरश पालनाको निम्ती आफु जहिलेपनि तयार रहेको बताएका छन् ।
क्याप्टेन लामाले आफ्नो सामाजिक सञ्जालमा आफुले फोटो खिच्न कुनै रहर नभई सन्देशमुलक रुपमा प्रयोग गर्नको निम्ती मात्र प्रयोग गरेको बताएका छन् । त्यस्तै उनले आगामि दिनमा आफ्नो सामाजिक सञ्जालबाट विना मञ्जुरी तस्विरहरु लिई प्रयोग नगर्न समेत आग्रह गरेका छन् । त्यस्तै उनले आगामि दिनमा विमान चलाउने समयमा कुनै पनि तस्विर नलिने समेत घोषणा गरेका छन् । उनले आफ्नो फेसवुकमा लेखेका छन् ‘नेपाल एर्लाइनको अस्तित्व बडाउन, एनएसीका सुभचिन्तकहरुलाई सकारात्मक कुरा पुर्याउनलाई भएको जुन मेरो आफ्नो स्वार्थ को लागि हैन । मेरो स्टाटस मार्फत नै लाखौले एनएसीबारे सुचना प्राप्त गर्नु हुन्थ्यो । नयाँ नियम आयो र अब त्यो देखिदैन । देश भित्र अरु धेरै संबेदनसिल कुराहरु उठाएर देश बिकासका कुराहरुमा ध्यान दिए हुन्थ्यो कि रु त्यही नागरिक उड्डयन भित्र पनि धेरै सुधार ल्याउन पर्ने कुराहरु औल्याइ दिए कति राम्रो हुन्थ्यो होला… कसो ?
नागरिक उड्ययन प्राधिकरणले संवेदनशिल कुराहरुमा विशेष ध्यान दिनु पर्ने बताउँदै विभिन्न विमान चालक तथा अन्य पदाधिकारीका अनुसार सरकारले विशेष ध्यान नदिएमा नेपालमा ठूलो दुर्घटनाको जोखिम रहेको बताएका छन् । उनीहरुका अनुसार नेपालमा यति धेरै समस्या हुँदा हुँदै पनि सरकार तथा मातहतका मन्त्रालयले के गरिरहेका छन् ? उनहिरुले प्रश्न गरे ।
विमान चालक तथा विमानस्थलका कार्यालयका कर्मचारीका अनुसार २ दिन अघि भएको सामान्य दुर्घटना भएको कारण विमानस्थलमा १२ घण्टासम्म विमान ल्याण्ड गर्न नपाएर कयौ नेपाल आउने नेपाली तथा विदेशी मानिसहरुले पाएको दुःखको स्मरण गराउँदै यो विषयमा किन सरकार तथा सम्वन्धीत निकाय तदारुपताका साथ कार्य गर्न सक्दैन ? घण्टैसम्म आकाशमा नै जहाज उडाउँदा विमान चालकलाई कति समस्या भयो होला ? किन कसैले यसलाई वुझ्न चाहदैन ? विमान चालकले एकोहोरो घण्टौ घण्टा विमान चलाउँदा आउने समस्या तथा अन्य सम्पूर्ण कुराहरुलाई आत्मासाथ गर्दै यात्रुहरुको रक्षाको निम्ती जहिले विमान चालक, एयरहोस्टेज, विमानस्थलका पदाधिकारी पनि निरन्तर रुपमा अहोरात्र खटिरहेको हुन्छन् जसवाट कुनै पनि दुर्घटनावाट नहोस्् भनि निरन्तर खटिरहने बताएका छन् ।
विमानस्थलमा भएको सामान्य दुर्घटनालाई समाधान गर्न नसक्दा नेपालको अन्तराष्ट्रिय विमान स्थलबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान गर्न यात्रुहरु कोही लाईनमा नै घण्टौ घण्टा उभिनु परेको छ त कोही रुदै, कराउँदै वस्नु परेको घटना सम्झदै त्यहाँका कर्मचारी तथा विमान चालकले भने यस्तो विडम्वना नेपालको लागि कहिलेसम्म ?
प्रतिक्रिया दिनुहोस्