(बैशाख ८, काठमाडौं) । नेपाली काग्रेसका नेता रामचन्द्र पौडेलले वर्तमान सरकार न्यायलय, अख्तिायार तथा संवैधानीक अंगलाई तर्साउँदै आफ्नो नियन्त्रण गर्नमा लागि परेको आरोप लगाएका छन् ।
नेता पौडेलले चितवनमा पशु प्राविधिक सेवा संघको राष्ट्रिय भेला तथा विधान अधिवेशनको उदघाटन गर्दै केपी ओली नेतृत्वको सरकार दुईतिहाईको संख्या देखाएर आफूले भनेजस्तो नगरे महाअभियोग लगाउन सक्छौं भन्ने मनोबैज्ञानिक त्रासमा संवैधानिक निकायका पदाधिकारीहरुलाई राखेको बताएका छन् ।
उनले उनले अहिले नेपाली कांग्रेसको सिद्धान्तको जीत भएको तर नेपाली कांग्रेसको हार भएकाले यसको कारण खोजिनुपर्ने बताए । नेपालमा सुशासनको लागि त्रास फैलाएर सुशासन कार्यम नहुने बताए । संविधानले लोकतन्त्रमा आधारित समाजवाद भनेको छ, त्यो समाजवादलाई कार्यान्वयन गर्न, निमुखाले न्याय नपाउनु र विपन्नलाई आयको बाटो देखाउनु अनिवार्य आवश्यकता रहेको भन्दै समयमा नै कम्युनिष्टहरुले संसदीय लोकतन्त्रलाई स्वीकार गरेका भए यो बेलासम्म मुलुक धेरै समृद्ध हुने दाबी गरे ।










प्रतिक्रिया दिनुहोस्