शैक्षिक

मेयर श्रैष्ठमाथिको आक्रमणको विरोधः सूर्यविनायक नगरपालिकामा पेन डाउन



बैशाख ९ भक्तपुर । मध्यपुर नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठलाई हिजो उहाँकै निवास नजिक हातहतियार धारी समूहले सांघातिक अक्रमण गरी घाईते बनाएका छन् ।
मेयर श्रेष्ठमाथि आक्मण गर्ने समूहलाई तत्काल पक्ताउ गरी कारवाही गर्न सूर्यविनायक नगरपालिकाले सम्बन्धीत निकायसंग माग गरेको छ ।

मेयर श्रैष्ठको स्वास्थ्य लाभको कामना गर्दे उक्त कार्यको विरोधमा नगरपालिकाले आज पेन डाउन गरेको नगरपालिकाबाट जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मेयर बासुदेव थापाले हस्ताक्षर गरेको विज्ञप्तिमा जनप्रतिनिधिमाथिको आक्मण सिगो जनतामाथि भएको उल्लेख गर्दे त्यस्ता घृणित कार्यको घोर भत्सना गर्दे निन्दा गरेको छ ।